राप्रपाले राष्ट्रपति चुनावमा भाग लिने कि नलिनेबारे कार्य सम्पादन समितिमा छलफल गर्ने
नेपालबहस संवाददाता
फागुन ९, २०७९ मंगलबार २१:५७:११
९ फागुन, काठमाडौं । सरकारमा सहभागी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सन्निकट रहेको राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पार्टीको कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
मुलुकमा संघीयता खारेज गर्ने र राजसंस्था फर्काउने एजेण्डा बोकेर राजनीति गरिरहेको राप्रपाभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा भाग लिने वा बहिष्कार गर्ने भन्ने दुई धार देखिएको छ ।
यसबारे छलफल गरेर निर्णय लिन आउँदो शुक्रबारका लागि कार्य सम्पादन समितिको बैठक बोलाएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपति निर्वाचन चैत ५ गते हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि फागुन १३ मा उम्मेदवारी दर्ता गर्नुपर्ने तनिर्वाचन तालिका छ । बैठक त्यसको एकदिन अगाडि बोलाइएको हो ।
निर्वाचनमा भाग लिने कि नलिने भन्नेबारे छलफल चलाइने भएपनि उम्मेद्वार नउठाउने विषय भने पक्का भएको छ ।
बैठकमा निर्णय लिने विषय कठिनाइ परे मतविभाजनबाट निर्णय लिनुपर्ने अवस्था आउन सक्ने वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले बताए । पार्टी अध्यक्ष राजेन्द्रकुमार लिङदेनसहितको एक टोली सरकारमा मन्त्री छन् । राप्रपाबाट मन्त्री बनेका धुव्रबहादुर प्रधान भने उम्मेदवार नउठाउने तर निर्वाचनमा भोटिङ प्रक्रियामा सहभागी हुनुपर्ने पक्षमा देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार