परपुरुषसँग हिमचिम राखेकै आशंकामा प्रियकांको हत्या भएको खुलासा
नेपालबहस संवाददाता
फागुन ९, २०७९ मंगलबार २३:५६:३
९ फागुन, काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१९ की २८ वर्षीया पिंयंका सुनारको निर्मम हत्याका कारण परपुरुषसँग हिमचिम राखेको आशंका रहेको खुलेको छ ।
हत्या आरोपमा पक्राउ परेको मृतक प्रियंकाका श्रीमान रमेश साहले श्रीमतीले परपुरुषसँग हिमचिम बढाउने र सम्बन्ध राख्ने पाइएपछि आवेगमा आफूले ज्यान लिएको प्रहरीसामु स्वीकारेको प्रहरीले जनाएको छ ।
प्रियंकाको शव सोमबार बिहान बूढीगंगा गाउँपालिका-२ अमाहीस्थित स्थानीय नरसिंह चौधरीको ग्वालीमा विभत्स तरिकाले हत्या गरेर बोरामा पोका पारिएको अवस्थामा फेला परेको थियो ।
हत्यामा संलग्नताको आरोपमा साहसहित ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुलाई जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा साह, मोरङको कटहरी गाउँपालिका–५ का ३५ वर्षीय उमेश सरदार, ६२ वर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका–७ का ५३ वर्षीय श्रीराम चौधरी छन् ।
भारतको बिहार माइत भएकी प्रियंकाको रमेशसँग मागी विवाह भएको थियो । उनीहरूका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन् ।
साहले घरदेखि अन्य पुर्याएर हत्या गरेको पाइएको छ । हत्यापछि शवलाइ बोरामा पोका पारेर कोशी नदीमा फाल्ने योजना अुनसार आइतबार अभियुक्त रमानन्द राम आइतबार मध्यराति कोसी अस्पतालमा शव वाहन खोज्दै पुगेका बेला देखाएको गतिविधिका कारण शंका लागेर प्रहरीले सोधपुछ गर्दा पक्राउ परेका थिए । उनी पक्राउपछि घटनाबारे सम्पूर्ण विवरण खुलेको थियो । उनकै बयानका आधारमा साहलगायत सबैलाई पक्राउ र शव बरामद गरियाे
प्रियंकाको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार