राष्ट्रपति निर्वाचनको सरगर्मी, दलीय छलफलकाे तीव्रता
नेपालबहस संवाददाता
फागुन १०, २०७९ बुधबार २३:२४:४४
१० फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति जति नजिकिदै छ त्यति नै शीर्ष नेताहरूको दौडधूप पनि व्यापक भैइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच राष्ट्रपतिलगायतका विषयमा छलफल भएको हाे ।
राष्ट्रपति कसलाई बनाउने भन्ने विषयलाई लिएर राजनीतिक सरगर्मी बढेका बेला दुई शीर्षनेताबीच छलफल भएको हो । देउवालाई भेटेर धुम्बाराहीबाट अध्यक्ष यादव बाहिरिएका छन् । यादव बाहिरिने वित्तिकै देउवालाई भेट्न आजै माधव नेपाल धुम्बाराही पुगेका छन् । एकीकृत समाजवादी अध्यक्ष समेत रहेका नेपाल केहीबेर अघि मात्र सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका हुन् ।
पार्टीका महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर अध्यक्ष नेपाल धुम्बाराहीस्थित देउवा निवासमा राष्ट्रपति निर्वाचन केन्द्रित छलफलमा छन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चार घण्टा भेटघाट भएको र सो क्रममा पार्टी एकताको प्रस्ताव राखेको ब्रिफिङ गरेका अध्यक्ष नेपाल दुई शीर्षनेता लिएर देउवा भेट्न पुगेका हुन् ।
एमाले अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका बेला राष्ट्रपतिको दाबेदारी गरिरहेको कांग्रेसका सभापति देउवालाई भेट्न एकीकृत समाजवादीका नेता धुम्बाराही पुगेको स्रोतले बतायो । ओलीले राखेको प्रस्तावमा आफूले विश्वास गर्न नसकेको बैठकमा अध्यक्ष नेपालले बताएका छन् ।
दलीय छलफलले तीव्रता पाइरहेका बेला देउवा निवास धुम्बाराहीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापासहितका नेताहरु बसिरहेका छन् । नेकपा एस राष्ट्रपति निर्वाचनमा एमाले र कांग्रेस दुवैतिर शक्तिका लागि बार्गेनिङ गर्ने रणनीति दौडिएको छ ।
आज बसको पार्टीको केन्द्रीय सचिवालय बैठकले पनि राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमति बन्नुपर्ने, यदि त्यस्तो सहमति नभए सम्भावित समीकरणमा आफ्नो दल संसद्मा रहेका सबै राजनीतिक दलसँग संवादका लागि खुला रहने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनबारे अन्योल सिर्जना भइरहेका बेला नेकपा एसले भने मध्यमार्गी बाटो लिएर एमाले र कांग्रेस दुवै दलसँग बार्गेनिङ गर्ने बाटो बनाएको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार