संसदमा २ वटा विधेयक पेस, सम्पत्ति शुद्धिकरणसम्बन्धी विधेयकको नाममै प्रश्न
नेपालबहस संवाददाता
फागुन १०, २०७९ बुधबार २३:१२:९
१० फागुन, काठमाडौं । सरकारले प्रतिनिधिसभा (संसद)को बुधबारको बैठकमा दुई वटा विधयेक पेस गरेको छ । नियमावली मस्यौदा समितिका अध्यक्ष चित्रबहादु्र केसीले प्रतिनिधिसभाका केही नियमावली परिवर्तन गर्न बनेको नियमावली मस्यौदा समितिको प्रतिवेदन–२०७९ पेस गरेका हुन् ।
यस्तै कानुनमन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति सुदृढिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक तथा वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने सम्बन्धी विधेयक २०७९’ सदनमा छलफलका लागि पेस गरे । पेस भएका विधेयकमाथि छलफल सुरु भएको छ । छलफलमा सांसदहरु प्रकाश ज्वाला, राजेन्द्रबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की लगवायतले विधेयक सदनमा ल्याएका सरकारलाई धन्यवाद थिए ।
कांग्रेसका सांसद अर्जुनरसिंह केसीले सम्पत्ति शुद्धिकरण निवारण विधेयकको नामप्रति प्रश्न उठाए । उनले निवरणको सट्टा निर्मलीकरण राख्न सुझाव दिए । निवारण शब्दले शुद्धिकरण गर्ने कार्यलाई नै रोक्ने अर्थ लाग्ने भन्दै यस्तो सुझाव दिएका हुन् । त्यसमा कानूनमन्त्री प्रधानले आफ्नो ध्यान गएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार