रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएर जाँदा राम्रो हुन्छ : महामन्त्री शर्मा
नेपालबहस संवाददाता
फागुन १०, २०७९ बिहिबार ०:१३:१०
१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीलाई राष्ट्रपति पदमा उम्मेदवार बनाउन नहुने बताएका छन् ।
उनले बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा संचाकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले मुलुककाे कार्यकारी पदमा पुगेर अधिकारी प्रयोग गरिसकेका कुनैपनि पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताए । राजनीतिक वृत्तबाटै उम्मेदवार बनाउँदा राम्रो हुने बताउँदै उनले एमाले अध्यक्ष केपी ओलीको आश्वसनमा नपर्न पनि सुझाव दिए ।
‘कार्यकारी प्रमुख भएर अधिकार प्रयोग गरिसकेका कसैलाई आलंकारिक राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने साथीहरुको मतमा मेरो पनि समर्थन छ’ उनले भने, त्यस्ता व्यक्तिले उम्मेदवारमा आकांक्षा राख्न पनि उचित हुँदैन ।’ तर शर्माले ५ पटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बनाउन साथीहरुसँग छलफल चलाएको बताए । उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएर अगाडि जान सकिने बताए ।
‘मैले पार्टी सभपाति शेरबहादुर देउवा नै राष्ट्रपतिमा जाँदा बढी उचित हुन्थ्यो होला भनेको पनि हुँ’ उनले भने, उहाँ जाँदा पार्टीको संसदीय दलको नेता र पार्टी सभापति खाली हुन्छ, त्यसमा दलको नेताका रामचन्द्र पौडेल अगाडि सारेर र उपसभापति पूर्णबहादुर खडकालाई कार्यवाहक बनाएर पार्टीलाई गति दिन सकिन्छ भन्ने मलाई लाग्छ ।’ उनले थप भने, ‘आफूले भनेजस्तो भए यसअघि कसैले ढोक्सा थापेर गठबन्धन भत्काएको थियो त्यो पुनर्जीवित हुन्छ ।’
फागुन २५ मा हुने राष्ट्रपनि निर्वाचनका लागि यही फागुन १३ मा उम्मेदवारी दर्ताको मिति तय भएको छ । राष्ट्रपतिका उम्मेदवार कसलाई बनाउने भन्नेबारे दलहरुबीच छलफल व्यापक चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार