नेशनल लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क आम्दानी ८५ अर्ब नाघ्यो
नेपालबहस संवाददाता
फागुन १०, २०७९ बिहिबार ०:२९:४१
१० फागुन, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स ३६औं वर्षमा प्रवेश गरेको छ। कम्पनीले स्थापनाकालदेखि २०७९ पुस मसान्तसम्म कुल बीमा शुल्क आम्दानी ८५ अर्ब १ करोड पुर्याएको छ। कुल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ भने कुल २९ अर्ब ६० करोड बराबरको बीमा दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ।
संस्थापक समूह र सर्वसाधारण समूहको ५५:४५ को अनुपात रहेको कम्पनीले आर्थिक वर्ष २०७७ र ७८ को नाफाबाट कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गरेको छ।
कम्पनीको जीवन बीमा कोषमा ५६ अर्बको हाराहरीमा रकम जम्मा छ। आव २०७७ र ७८ मा बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। आव २०७७ र ७८ को बीमांकीय मूल्यांकनपछि बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँदेखि अधिकतम प्रति हजार ८५ रुपैयाँ बोनस दर कायम गरेको छ। कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यवसायिक प्रगति गरेको जनाएको छ।
कम्पनीले चालु वर्षमा शाखा कार्यालय नेपालगञ्जमा आफ्नो भवन निर्माणको काम पनि सुरु गरिसकेको जनाएको छ। ११७ शाखा कार्यालय र ४६० कर्मचारी संख्या रहेको कम्पनीमा १ लाख भन्दा बढीअभिकर्ता कार्यरत छन्। उक्त अवसरमा कम्पनीले व्यवसायिकता, प्रविधिमैत्री पारदर्शीता एवं विश्वसनियतालाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार