सर्वाेच्च बारको निर्णयप्रति न्यायाधीश समाजको आपत्ति, पूर्वन्यायाधीश राष्ट्रपति बन्न सकिने जिकिर
नेपालबहस संवाददाता
फागुन ११, २०७९ बिहिबार १८:३०:५८
११ फागुन, काठमाडाैं । पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरु राष्ट्रपति वा उपराष्ट्रपतिको उम्मेदवार बन्न नपाउने धारणाप्रति न्यायाधीश समाजले गम्भीर आपत्ति जनाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश समेत रहेका न्यायाधीश समाजका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले संविधानले पूर्वप्रधानन्यायाधीश र पूर्व न्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपतिको उम्मेदवार बन्न बन्देज नलगाएको विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
‘राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित सम्बन्धि ऐन, २०७४ को दफा १२ लगायतका कुनै पनि कानुनले सर्वोच्च अदालतबाट सेवा निवृत्त प्रधान न्यायाधीश वा न्यायाधीश उक्त पदको निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने गरी कुनै व्यवस्था गरेको देखिँदैन’, विज्ञप्ति उल्लेख छ, ‘निर्वाचन सम्बन्धि कार्यतालिकाको अधिनमा रहेर परेका उम्मेदवारी संविधान वा कानुनसम्मत रहे वा नरहेको कुराको निरुपण पनि निर्वाचन प्रक्रियाअन्तर्गत नै हुने हुन्छ । यस्ता कानूनी प्रक्रियाहरु कायम छँदाछँदै हतारोमा, असान्दर्भिक र अनायास तबरबाट प्रतिकुल धारणाहरु सार्वजनिक हुनु रहस्यमय छ भन्ने पनि हामीलाई लागेको छ।’
संविधानमा रहेको व्यवस्था, कानूनी प्रावधान, अन्तर्राष्ट्रिय अभ्यास, हाम्रो आफ्नै बिगतको अनुभवप्रति अन्देखा गरेर वा कुनै अदृष्य पूर्वाग्रह राखेर सेवा निवृत्त न्यायाधीशहरुको सिङ्गो समूहलाई राष्ट्रपति वा उपराष्ट्रपति पदको निर्वाचन प्रक्रियाबाट अलग वा बाहेक गर्ने नियोजित बहिस्करणको बदनियतपूर्ण दृष्टिकोण स्वतन्त्र न्यायापालिका, कानुनको शासन, संविधानवाद तथा पूर्व न्यायाधीशहरुको मर्यादा र प्रतिष्ठा आदि कुनै दृष्टिले पनि स्वीकार्य नभएको खतिवडाको विज्ञप्तिमा उल्लेख छ।
निर्वाचनमा उम्मेदवार बन्ने वा नबने भन्ने कुरा पूर्व न्यायाधीश लगायत योग्यता पुगेका आम नेपाली नागरिकको स्वतन्त्रता र इच्छाधीन विषय भएको न्यायाधीश समाजले भनेको छ।
संवैधानिक प्रक्रियाविपरित सर्वसाधारणमा अनावश्यक भ्रम पैदा हुनेगरी नेपालको राष्ट्रपति तथा उपराष्ट्रपति पदको आसन्न निर्वाचनको पूर्व सन्ध्यामा गरिएको गरिएका पूर्व न्यायाधीशहरुप्रतिको असान्दर्भिक चर्चा, अमर्यादित टिका टिप्पणी तथा योग्यता सम्बन्धमा अगाडी सारिएका आग्रह र पूर्वाग्रहपूर्ण दृष्टिकोणप्रति न्यायाधीश समाजले असहमति र आपत्ति प्रकट गरेको छ ।
राष्ट्रपतिका लागि उम्मेदवार राजनीतिक क्षेत्रभन्दा बाहिरबाट खोजी गर्न सक्ने संकेत मिलेको भन्दै सर्वोच्च बारले बुधबार मात्र पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूलाई राष्ट्रपति वा उपराष्ट्रपतिमा उम्मेदवार नबनाउन निर्वाचन आयोगसँग आग्रह गर्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार