माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले संयुक्त बैठक गर्ने
नेपालबहस संवाददाता
फागुन ११, २०७९ बिहिबार २०:८:४८
११ फागुन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र), सरकार बाहिर रहेका जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले संयुक्त बैठक गर्ने भएको छ । संयुक्त बैठक आजै सिंहदरबारमा बस्ने निधो भएको स्रोतको दाबी छ ।
राष्ट्रपति पदका लागि उम्मेदवारबारे ३ पार्टीबीच बैठक बसेर छलफल गर्न संयुक्त बैठक बेलुका ५ बजे आयोजना गर्ने निर्णय दलका शीर्ष नेताहरु सहमत भएका हुन् । प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच केहीबेर अघि मात्र बैठक बसेका थिए ।
एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति आफ्नो पार्टी पाउनुपर्ने दाबी गरेका छन् ।
संयुक्त बैठकपछि नेपाली कांग्रेससँग छलफल आजै बैठक गर्ने पनि ३ दलको तयारी छ । राष्ट्रपति निर्वाचनका लागि आउँदो शनिबार उम्मेदवारी दर्ताको तालिका रहेको छ । उता सरकारका सबैभन्दा ठूलाे दल एमालेले पनि राष्ट्रपति उम्मेदवारका लागि विभिन्न दलहरूसँग छलफल चलाइरहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार