शिवशिखर बहुद्देश्यीय सहकारीका बचतकर्ता धर्नामा
नेपालबहस संवाददाता
फागुन ११, २०७९ बिहिबार २०:४९:१२
११ फागुन, काठमाडाैं । हेटौंडा उपमहानगरपालिका–४ मा रहेको शिव शिखर बहुद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । बचत रकम फिर्ता नपाएपछि उनीहरु सहकारी कार्यालयमा धर्नामा बसेका छन् ।
कार्यालयकाे सटरमा बुधबार ताला लगाइएको थियो । ताला कार्यालयले लगाएर संचालक, कर्मचारी सम्पर्कविहीन भएका छन् । उक्त ताला आजसम्म पनि नखुलेपछि रकम फिर्ता लिन आएका बचतकर्ताहरु धर्नामा बसेका हुन् ।
सहकारीमा बचत रहेको ८५ हजार रुपैयाँ निकाल्न हेटौंडा १ की पार्वती बर्तौला पटकसम्म कार्यालय आउँदा समेत पाउन सकेकी छैनन् । जम्मा गरेको रकम नपाउलान् भन्ने चिन्ता धर्नामा बसेकाहरुमा व्याप्त छ । एकजनाकै ५ देखि ५० लाख रुपैयाँसम्म बचत रहेको पीडितहरू बताउँछन् ।
हेटौंडामा पुस २०७७ मा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरको शाखा खोलिएको थियो । सहकारीले करिब ३ करोड रुपैयाँको लागतमा यहाँ संचालन गरेको डिपार्टमेन्ट स्टोर पनि बिहीबारदेखि बन्द भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार