साइबर सुरक्षासम्बन्धी कानूनबाट मात्र साइबर अपराध रोक्न संभव : संचारमन्त्री शर्मा
नेपालबहस संवाददाता
फागुन ११, २०७९ बिहिबार २१:१६:६
११ फागुन, काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षाका लागि लगानी बढाउन सरकार सदैव तयार रहेका बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित साइबर सुरक्षासम्बन्धी गोष्ठीमा बोल्दै मन्त्री शर्माले पछिल्लो चरणमा मुलुकभित्र साइबर सुरक्षामा खतरा बढ्दै गएको बताउँदै त्यसलाई रोक्न आवश्यक जनशक्ति निर्माणमा लगानी बढाउने योजना सरकारले बनाइरहेको बताइन् ।
उनले सरकारी कामकारबाहीलाई पेपरलेस बनाउने योजनामा सरकार अघि बढिसकेको र यसमा दक्ष जनशक्तिको खाँचो पूर्ति गर्नतिर संचार मन्त्रालय कार्ययोजनासहित लागिसकेको जानकारी दिइन् । सूचना सेवालाई फाइभ जीमा पुर्याउने उनको भनाइ छ ।
अहिले सरकारी डाटामा पटकपटक भइरहेको ह्याकिङ र सूचना प्रविधिको प्रयोगका क्रममा सामाजिक संजालमा रहेका नागरिक तहमा हुने गरिएको साइबर बुलिङ तथा फिक्सिङले सरकारलाई गम्भीर तुल्याएको बताइन् । साइबर सुरक्षाका लागि बलियो कानून बनाउन सरकार लागिसकेको बताउँदै सूचना प्रविधिको उच्चतम् विकास गरेर संभावित ठूल्ठूला घटना सक्ने साइबर अपराधलाई रोक्न कानून बनाउने काम भइरहेको बताइन् ।
साथै उनले विद्यमान कानूनको आधारमा सरकारी कार्यालयहरुमा विद्युतीय हस्ताक्षरसम्बन्धी व्यवस्थाबमोजिम सरकारी निकायहरुमा अभिलेखहरुको सम्प्रेषण, प्राप्ति र स्वीकारलाई सहज र सुरक्षित बनाएको उल्लेख गर्दै साइबर सुरक्षाका लागि मन्त्रालयमा सेक्यूरिटी अपरेसन सेन्टर संचालनमा ल्याइएको जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार