माओवादी केन्द्र र जसपा नेताहरुबीच छुट्टै छलफल
नेपालबहस संवाददाता
फागुन ११, २०७९ बिहिबार २२:११:२४
११ फागुन, काठमाडौं । नेकपा (माअोवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेताहरुबीच अलग्गै भेटवार्ता सुरु भएको छ । यसअघि एकीकृत समाजवादीसहित ३ दलका नेताहरुबीच छलफल हुने भनिएको थियो ।
तर बिहीबार ५ बजे ३ दलबीचको छलफल हुने भनिएकामा त्यसअगावै दुई दलबीच सिंहदरबारमा अलग्गै छलफल सुरु भएको हो । यसपछि एकीकृत समाजवादीसँग त्रिपक्षी छलफल हुनेछ । छलफल राष्ट्रपति पदमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे हुनेछ ।
सिंहदरबारमा भएको भेटमा माओवादी केन्द्रबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेतलगायत सहभागी छन् ।
जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् । उनीहरुले राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न लागेका हुन् ।
सोही विषयमा बिहीबार बिहानैदेखि दलका नेताहरुबीच दुई पक्षीय छलफल धेरै पटक भइसकेका छन् । त्रिपक्षीय छलफल सकेर आजै साँझ ६ बजे माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीले कांग्रेससँग छलफल गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार