काठमाडाैं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको स्पीडमा सवारीसाधन चलाउन रोक
नेपालबहस संवाददाता
फागुन ११, २०७९ बिहिबार २३:२५:१९
११ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको स्पीडमा गाडी गुडाउन रोक लगाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्थाबमोजिम सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलंकी(कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कोटेश्वर(भक्तपुर सडक खण्डमा पनि प्रति घन्टा ५० किलोमिटर गति तोकिएको जनाएको छ । उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सिमा तोकी सोही स्थानमा गति सीमासम्बन्धी बोर्डहरू राखिएको ट्राफिक प्रहरीले जानकारी दिएका छन् ।
सडकको भौतिक अवस्था समेतलाई ध्यानमा राखेर यस्तो निर्णय लिएको जनाइएको छ । तोकिएको गतिभन्दा बढीमा सवारी चलाउनेलाई नियमबमोजिम कारबाही गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
मुग्लिन–मलेखु सडक विस्तारको काम सवारी नरोकेरै धमाधम गरिने
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार