राष्ट्रपतिबारे छलफल गर्न सिंहदरबारमा ३ दलको बैठक जारी
नेपालबहस संवाददाता
फागुन ११, २०७९ शुक्रबार ०:१४:३०
११ फागुन, काठमाडौं । राष्ट्रपति उम्मेदवारबारे विषयमा छलफल गर्न तीन दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्षस्थ नेताहरुको उपस्थितिमा बैठक जारी छ ।
बैठकमा माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी रहेका छन् ।
यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, नेताहरू बेदुराम भुसाल, घनश्याम भुसाल र प्रमेश हमाल छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आउँदो शनिबार उम्मेदवारी दर्ताको तालिका छ । जसपाबाहेक कुनैपनि दलले उम्मेदवार टुंग्याउन सकेका छैनन् । उम्मेदवारलाई लिएर दलहरुको बीचमा गठबन्धन भत्किने र बन्नेसम्मको संभावना खेल चलिरहेको छ ।
यो बैठक सकेर आजै नेपाली कांग्रेससहित ४ दलका शीर्ष नेताहरुबीच बैठक बस्ने भनिएकामा उक्त बैठक स्थगित गरिएको छ । स्थगित बैठक भोलि बस्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार