विदेशी तरकारीलाई प्रतिबन्ध लगाउनुकाे विकल्प छैन : विप्लव
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार १८:४९:५०
१२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आत्मनिर्भरताको सिद्धान्तले मात्र मुलुकलाई स्वाधीन बनाउने बताएका छन् । पार्टीनिकट बिहीबार लुम्बिनीमा भएकाे अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को दाेस्राे पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले धारणा राखेका हुन् ।
किसानलाई बलियाे बनाउन विदेशी कृषिजन्य वस्तुलाइ प्रतिबन्ध लगाउनुकाे विकल्प नरहेकाे उनकाे धारणा थियाे । वर्तमान राजनीतिक संकटको सामधान क्रान्तिकारी परिवर्तनबाट मात्र संभव रहेको बताउँदै किसानले उत्पादन बढाएर भारतबाट आउने तरकारीलाई बन्देज लगाउनु पर्ने बताए । किसानले समाजवादी व्यवस्था स्थापनाका लागि निरन्तर लड्नुपर्ने बताउँदै समाजवादमा जोकोही पनि हाकिम नभइ किसान भएर जानुपर्ने नीति हुने बताए ।
पार्टीले लिएको कार्यक्रम एकीकृत जनक्रान्तिबाट जनताले नेतालाई र नेताले जनतालाई नजिकबाट चिन्ने व्यवस्था स्थापना गरिने उनको भनाइ थियो । उनले पार्टीले अपनाएको विकास प्रणालीमा नेताले जनतालाई उत्पादन गर्ने तरिका सिकाउने र उत्पादित वस्तुको बजारीकरणमा बिचौलियालाई निषेध गर्न किसानलाई प्रशिक्षित गर्ने नीति लिएकाे बताए ।
उनले पार्टीका नेता कार्यकर्ताले आफैंले उत्पादन गरेर आफ्नै मेहनत खाइरहेको बताए । ‘आफ्नै मेहनत खाएर दलाल पुँजीवादी सत्ता पल्टाउन क्रान्तिलाई अगाडि बढाउनुपर्ने बताए । बैठकबाट महासंघले कृषिप्रधान देश मानिएको नेपालमा विदेशी कृषि उत्पादनको निर्वाध आयातलाई रोक्न स्वदेशी कृषिजन्य वस्तु र कृषिजन्य उत्पादनलाई प्रवर्द्धन गरेर राष्ट्रिय अर्थतन्त्र विकासका लागि संघर्ष चलाउने निर्णय गरेको छ ।
उच्च कृषि प्रविधि र ठूलो पुँजी लगानीमा आधारित भारत लगायत विभिन्न मुलुकमा हुने उच्च स्तरकाे उत्पादकत्वले परम्परागत औजार, मेशिन र कृषि प्रणालीबाट भइरहेकाे नेपाली वस्तुले नेपाली बजारमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यात्मक राज्यकाे नीतिका कारण ऋणमा परेका किसान हातमुख जाेडने र बाँच्न नसक्ने अवस्थाबाट आत्महत्या र आत्मदाहकाे अवस्थामा पुगेकाे बैठककाे निष्कर्ष छ ।
विदेशी वस्तुकाे खुलेआम आयातले नेपाली कृषि प्रणाली ध्वस्त हुँदै गएकाे भन्दै महासंघले नेपाली किसानकाे लगानी र जीवन रक्षाका लागि परनिर्भरतामा आधारित नीतिविरुद्धकाे संघर्षमा सामेल हुन आह्वान गरेको छ ।
ऋण काढेर उत्पादन गर्दा समेत राज्यकाे परनिर्भमुखी गलत नीतिकाे मारमा परी लगानी जाेगाउन र दैनिकी गुजरा चलाउन नसकेर सडकमा तरकारी फ्याक्ने मात्र नभइ ज्यानै फाल्नुपर्ने अवस्थामा कृषकलाई पुर्याउने सरकारकाे नीति खारेज गराउन आन्दाेलनमा सहभागी हुन समेत अपिल गरिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार