बालुवाटारबाट बाहिरिए चार दल, आन्तरिक छलफलपछि आजै साँझ राष्ट्रपतिबारे निर्णय हुने
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार १८:४९:१३
१२ फागुन, काठमाडौं । राष्ट्रपति उम्मेदुवारको बिषयमा ठोस निर्णय लिन बालुवाटारमा बसेको चार दलको भर्खरै सकिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आ-आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने मझदारी गर्दै चार राजनीतिक दल बालुवाटारबाट बाहिरिएका छन्।
स्रोतका अनुसार छलफल छलफल सकारात्मक भएको बताइएको छ । आज बिहान चार दल एक ठाउँमा बसेर लामो छलफल भएको छ । राष्ट्रपति उम्मेदवारका लागी विभिन्न विकल्पका बारेमा प्रस्ताव आएका छन्, त्यसका छलफल भएको अब सबै दलले आन्तरिक छलफल गर्ने र आजै साँझ पाँच बजे फेरि बैठक बस्ने गरि अहिलेको बैठक सकिएको छ बालुवाटारबाट बाहिरिदै गरेका कांग्रेसका एक नेताले भने ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीका नेता सहभागी थिए। कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव बैठकमा सहभागी थिए। यसअघि बिहीबार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा बसेको तीन दलको बैठकले कांग्रेससँग छलफलल गर्ने निष्कर्ष निकालेको थियो। सोही अनुसार आज बिहानै पूर्वगठबन्धनका नेता छलफलमा जुटेका हुन्।
शनिबार राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका छ। मनोनयन दर्ताको मिति नजिकिएपछि दलहरू छलफललाई तीव्र बनाउन थालेका छन्। आजको चार दलको बैठकलाई चुनाव अघिको पाँचदलीय गठबन्धन ब्युँताउने प्रयासका रुपमा पनि लिइएको छ।
राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने दावी गर्दै आएका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान चार दलको बैठकसँगै आजै सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता गर्ने तयारी गरेका छन्।
नेकपा एमालेले राष्ट्रपति उम्मेदवार तय गर्न भोलि ‘शनिबार’ बिहान ९ बजेलाई पार्टी सचिवालयको बैठक बोलाएको छ। त्यस्तै नेपाली कांग्रेसले पनि भोलि बिहान साढे ८ बजेलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार