कांग्रेस सहमत भए माधव नेपाल राष्ट्रपति नभए एक वर्ष सरकारको नेतृत्व दिने तयारी
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार १९:१०:१६
१२ फागुन, काठमाडौं । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शिर्ष नेताको बैठकले पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चार दलसहित राष्ट्रिय जनमोर्चालाई पनि समावेश गरेर पुरानो गठबन्धन कायमै राख्ने निर्णय गरेको छ ।
आजै साँझ ५ बजे अर्को बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाइने भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिका विषयमा दलले अघि सारेका उम्मेद्वारको बिषयमा पनि छलफल भएको छ । बैठकमा कांग्रेसले राष्ट्रपति आफूले पाउनुपर्ने प्रस्ताव गरेको थियो भने एकीकृत समाजवादीले माधवकुमार नेपाललाई राष्ट्रपति उमेदवार बनाउन प्रस्ताव गरेका थिए ।
नेपाली कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण सिटौलाको दाबी रहेको छ । एकीकृत समाजवादीले माधवकुमार नेपालको नाम राष्ट्रपतिमा प्रस्ताव गरेका छन् । कांग्रेसले नेपाललाई एकवर्ष प्रधानमन्त्री बनाउनेगरी प्रस्ताव लगेको स्रोतले जानकारी दियो । दुई उम्मेदवारको औचित्य र आवश्यकतासहित दलहरुबीच समझदारीको योजनासमेत लिएर पाँच बजे पुनः बैठक बस्नेगरी बैठक स्थगित भएको छ ।
चार दलको बैठकमा कांग्रेसले राष्ट्रपति पद आफैले पाउनुपर्ने अडान राखेको छ । सत्तारुढ दल माओवादीसहित जसपा र एकीकृत समाजवादी पार्टीसँगको बालुवाटारमा बसेको बैठकमा कांग्रेसले आफ्नै उम्मेदवारलाई सघाउने प्रस्तावमा अडान दोहोर्याएको हो ।
राष्ट्रपति निर्वाचनको संघारमा समाजवादी मोर्चा बनाउने गृहकार्य गरिरहेका माओवादी, एकीकृत समाजवादी र जसपाले माधवकुमार नेपालको नाम अघि सार्दा कांग्रेसले भने आफ्नै उम्मेदवारलाई सघाउन प्रस्ताव राखेको हो । राष्ट्रपतिमा आफूलाई सघाएमा नेपाललाई सत्ता समीकरणका अन्य भागबन्डामा ठाउँ दिने कांग्रेसको प्रस्ताव गरेको छ ।
कांग्रेस सहमत भए राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बनाउने, सहमत नभए उनलाई एक वर्ष सरकारको नेतृत्व दिने गरी मनाउने तयारीमा दलहरू रहेका छन् । उपराष्ट्रपति भने जसपालाई दिने कुरामा माओवादी र एकीकृत समाजवादी पार्टी एकठाउँमा रहेका छन् ।
बैठकमा कांग्रेस, माओवादी, जसपा र नेकपा एसका नेताहरू सहभागी थिए । हिजो साँझ माओवादी, नेकपा एस र जसपाबीच सहमति बनेपछि आज कांग्रेससहित चार दल छलफलमा बसेको थियो । त्यसो त बुधबार साँझ बालुवाटारमा बसेको बैठकले चुनावअघिको सत्तागठबन्धन ब्यूँताउने अनौपचारिक सहमति बनेको थियो । आजको बैठक त्यसैको निरन्तता भएको नेताहरूले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार