अर्थतन्त्र सुधारका लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन जरुरी : उपाध्यक्ष संघई
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार २२:२६:४२
११ फागुन, सुनसरी । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि निर्यातजन्य उद्योगमा केन्द्रित हुनुपर्ने बताएका छन। आजदेखी धरानमा शुरु भएको ‘धरान एक्स्पो २०७९’ लाई सम्बोधन गर्दै संघईले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा व्यापारघाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प नभएको बताएका हुन । सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानीको वातावरण तयार गर्नुपर्नेमा उपाध्यक्ष संघाईको जोड थियो ।
निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्न सरकारले लिएको आठ प्रतिशत छुटको नीति सकारात्मक रहेको बताउदै संघइले यसको कार्यान्वयन छिटो र प्रभावकारी हुनु जरुरी रहेकोमा जोड दिए । ‘आठ प्रतिशत छुट प्राप्त रकम वस्तु निर्यात गरेको वर्ष दिनपछि मात्र पाइने झन्झटिलो प्रक्रिया पुनरावलोकन गरेर महिना दिनभित्रै छुट प्राप्त रकम फिर्ता पाउने व्यवस्था हुनुपर्छ’–संघइको भनाई थियो ।
बैंकको चर्को ब्याजदरका कारण उद्योगी–व्यावसायीलाई परेको समस्याको प्रसङ्ग उल्लेख गर्दै संघईले यसको निकास छिट्टै निस्किने विश्वास व्यक्त गरे । खुला बजारको नीतिअनुसार नै ब्याजदर तलमाथि भएको उल्लेख गर्दै निकासको उपाय खोजेर सहजीकरणको बाटोमा अघि बढ्नुपर्ने बताए। आफूलाई गाह्रो–साह्रो परेका बेलामा बैंकवाट ऋण लिने तर अहिले आएर तिर्दिन भन्न चाहिँ नपाइने संघईको भनाई थियो ।
अहिले सिंगो मुलुक नै आर्थिक संकटबाट गुज्रिरहेको बताउदै संघईले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने तर्फ सरकार र नीजि क्षेत्र दुबैको हातेमालो एवं सहकार्य जरुरी रहेको उल्लेख गरे ।
आजदेखी शुरुभएको धरान एक्स्पो फागुन २० गतेसम्म चल्ने छ । पर्यटन, कृषि, सूचना प्रविधि, कला, संस्कृति, शिक्षा तथा औद्योगिक व्यापारको प्रवद्र्धन गर्ने मुल लक्ष्य सहित शुरु भएको धरान एक्स्पोमा लगानी सम्मेलन तथा ‘बीटूबी’ बैठक समेत संचालन गरिने आयोजक सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
मंसिर १८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १८, २०८१ मंगलबार
आजको मौसमः उच्च पहाडी तथा हिमाली भू भागमा हिमपात हुने
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार