राष्ट्रपति निर्वाचनका लागी मतदाताको अन्तिम नामावली प्रकाशन [ हेर्नुस सूचीसहित ]
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार २२:५१:२३
१२ फागुन, काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको हो ।
जसअनुसार प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ जना मतदाता रहेका छन् । प्रारम्भिक नामावलीमा कैलाली २ बाट निर्वाचित सांसद अरुण कुमार चौधरीको नाम समावेश थिएन ।दाबी विरोधमा उजुरी दिएपछि उनको नाम समावेश भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। शनिबार उम्मेदवारको मनोनयन तोकिएको छ। भोलि बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्न सकिने कार्यतालिका छ।
राष्ट्रपति निर्वाचनका भोलि ‘शनिबार’ उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ। निर्वाचन आयोगले प्रकाशित गरेको तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म दिइएको छ।
आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत कार्यालय खोलिसकेको छ। आयोगले शनिबार अपराह्न ३ बजेदेखि ४ बजे भित्रमा मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशित गर्नेछ।
फागुन १४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। उम्मेदवारले नाम फिर्ता लिन चाहे फागुन १६ गते पाउनेछन्। उम्मेदवारको अन्तिम नामावली पनि फागुन १६ गते नै प्रकाशित गर्ने तयारी छ। राष्ट्रपति निर्वाचन भने फागुन २५ गते हुनेछ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरू राष्ट्रपति निर्वाचनमा मतदाता हुन्छन्। मतदान भने नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालय परिसरमा हुनेछ। त्यहाँ २ वटा मतदान केन्द्र रहनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार