सन्दीपलाई थुनामै पठाउनुपर्ने सरकारी वकिलको जिकिर
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार २०:२९:४०
१४ फागुन, काठमाडौं । नाबालिग बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा पठाउने जिकिर सरकारी वकिलको तर्फबाट बहस गर्ने वकिलहरुले गरेका छन् ।
बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र जेलबाहिर रहेका अभियुक्त लामिछानेले विदेश जाने अनुमतिका लागि दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासको बन्द इजलासमा सुनुवाइ भइरहेको छ ।
बहसमा वकिलहरुले नाबालिगमाथि भएको जघन्य बलात्कारका अभियुक्तलाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म थुनामै राख्नुपर्ने जिकिर गरेका छन् । उनीहरुले यस्तो मुद्दामा भएका उच्च र जिल्ला मात्र नभई सर्वोच्चकै नजिर हेर्नुपर्ने माग गरे । बहसका क्रममा सुरुमा सन्दीपका वकिलहरुले विदेश जाने अनुमतिबारे पहिले सुनुवाइ गर्न माग गरेपनि दिइएन ।
सरकारी वकिल महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले बहस गरेका छन् । उनीहरुले उच्च अदालतको धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण भएकाले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने उनीहरुले माग गरे । उनीहरुले कसको के योगदान छ भन्दा पनि अपराध के हो ? भन्ने विषयलाई हेर्नुपर्ने जिकिर गरे ।
सन्दीपले नाबालिग किशोरीलाई नगरकोट घुमाउन लगेको, छिटो फर्किन आग्रह गर्दा नमानेको, होटलमा एउटै कोठा मात्र बुक गरेको जस्ता घटनाले उनको नियत प्रष्ट हुने उनीहरुले तर्क गरे । परिस्थितिजन्य प्रमाण हेर्नुपर्ने उनीहरूकाे तर्क छ । खाजापछि सन्दीप पक्षका वकिलहरुको बहस सुनेर इजलासले आजै आदेश गर्ने संभावना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार