सन्दीपको मुद्दामा सुनुवाइ सकिएन, भाेलि निरन्तर हुने
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार २३:७:१९
१४ फागुन, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ पूरा हुन सकेन । भोलि सोमबार पनि सुनुवाई हुने भएको छ। सुनुवाई नसकिएपछि मुद्दालाई आज हेर्दाहेर्दैमा राखिएको छ ।
आजको सुनुवाइका क्रममा सरकारी वकिल र पीडितका वकिलको बहस सकिएको छ । सन्दीप पक्षको वकिलको तर्फबाट बहस बाँकी रहेपछि सुनुवाई भोलिसम्मका लागि स्थगित गरिएको हो ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा भएको सुनुवाइ भोलि पनि यही इजलासमा सुनुवाई हुनेछ । सन्दीपको तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल र मुरारी सापकोटाले बहस गरेका छन् ।
उनीहरुले सन्दीपलाई पुनः थुनामा पठाउन नपर्ने जिकिर गरेका छन् । तर सरकारी वकिल र पीडित पक्षका वकिलहरुले बलात्कार जसतो जघन्य अभियोगमा लागेका सन्दीपलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म कारागार थुनामा राख्नुपर्ने जिकिर गरेका छन् ।
सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा विचराधीन छ । सही अवस्थामा उच्च अदालत पाटनले सन्दीपलाई विदेश यात्रामा रोक लगाउँदै २० रुपैयाँ धरौटी रिहा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार