सामसङ्गद्वारा ग्यालेक्सी एस २३ सिरिजको बिक्री शुभारम्भ
नेपालबहस संवाददाता
फागुन १४, २०७९ सोमबार ०:१०:५३
१४ फागुन, काठमाडौं । ग्यालेक्सी २३ अल्ट्राको लागि ग्राहकहरुबाट अत्यधिक माग भएसंगै ग्यालेक्सी २३ सिरिजको प्रि अर्डरको रेकर्ड तोडिएको छ । सामसङ्गले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस २३ स्मार्ट फोनहरुलाई यसको प्रि–अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ ।
ग्यालेक्सी एस २३ सिरिजको प्रि–अर्डर आफैमा एक ठूलो सफलता भएको छ । गतवर्ष ग्यालेक्सी एस २२ सिरिजकोे भन्दा बढि प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशत भन्दा बढि अत्यधिक प्रिमियम ग्यालेक्सी एस २३ अल्ट्राको प्रि–अर्डर भएको छ । पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ ।
ग्राहकहरु सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन् र लामो समय सम्म टिक्ने, गुणस्तरिय र भविश्यको लागि पनि तयार भएको सामानहरु नै रोज्न थालेका छन् ।उच्च माग सकारात्मक उपभोक्ता प्रतिक्रियाको कारण प्रिअर्डरहरू अपेक्षा गरिएको भन्दा पहिलेनै समाप्त गर्नु परिएको थियो। सामसङ्गका निर्देशक प्रणय रत्न स्थापितले भने “हामी हाम्रा ग्राहकहरु प्रति यो अविश्वसनीय प्रतिक्रियाको लागि अत्यन्त आभारी छौं।’ ‘यो प्रि–अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटिमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्ड प्रतिग्राहक हरुले देखाउनु भएको बलियो विश्वास झल्किएको छ,’ उनले भने ।
देशभरका डिलरहरुले एस २३ सिरिजको लन्च र सफलताको खुशीयाली मनाएका छन्। यस ग्यालेक्सी एस २३ सिरिजप्रति ग्राहकहरुले देखाएका माया र लगावका कारण बजारमा सबै डिलरहरू पनि हर्सित र उत्साहित छन् ।
नयाँ २०० एमपि एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेन सहितको ग्यालेक्सी एस २३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस२३ सिरिज अन्तर्गत ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ पनि रहेका छन् । जसले सामसङ्गको अल्टिमेट प्रिमियम फोन अनुभूतीको नयाँ युगको प्रतिनिधित्व गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार