सरकारबाट एमालेलाई गलहत्याउने प्रकया शुरु, पुल्चोकमा मन्त्रीहरुको बैठक
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार १०:३६:२३
१५ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेलाई सरकारबाट गलहत्याउने अघोषित प्रकृया शुरु गरेका छन् । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन आइतवार साँझ जेनेभा जान लागेकी परराष्ट्रमन्त्री डा। विमला राई पौडेललाई जेनेभा जानबाट रोकेर सरकारबाट गलहत्याउने प्रकृया शुरु गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्री पौडेललाई आइतबार जेनेभा जान रोकिदिएका हुन् । परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी दिएको थियो । तर अपरान्ह जेनेभातर्फ जान लागेकी पौड्याललाई प्रधानमन्त्रीले रोकिदिएपछि सरकारमा रहेका एमाले मन्त्रीहरुमा हलचल पैदा भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमका कारण आफ्नो भ्रमण रोकेको हुन सक्ने उनले बताएकी छन् । ‘क्याबिनेटले मेरो भ्रमण पास गरिसकेको थियो। आज मात्रै डलर पनि साटिसकेकी थिएँ, यहाँबाट जेनेभा पुगेर मानवअधिकार परिषदको बैठकलाई सम्बोधन गर्ने तय भइसकेको थियो त्यहाँबाट दोहामा आउने कार्यक्रम थियो’, उनले भनिन । उनी जेनेभा जाने कार्यक्रम परराष्ट्रमन्त्रालयमा आइतवार सार्वजनिक गरेर अपरान्ह त्रिभुवन विमानस्थलतिर हिँड्न तयार भएपछि मूख्यसचिवले फोन गरेर प्रधानमन्त्रीको सन्देश सुनाएका थिए । उनको स्थानका नेकपा एसका कानुनी सल्लाहकार एवं पूर्व कानुनमन्त्री गोविन्द बन्दीलाई जेनेभा पठाइएको छ ।
पुष १० मा बनेको सात दलीय गठबन्धन छाड्दै प्रचण्डले कांग्रेससहितको आठ दलीय गठबन्धन बनाइसकेपछि एमालेलाई सरकारबाहिर राखेर कांगे्रसलाई सरकारमा ल्याउनका लागि यस्तो कदम चालेको स्रोतको दावी छ । शनिबार मात्रै प्रचण्डले एमालेले अब सरकार छाड्न सक्ने बताएका थिए ।
शुक्रबार बालुवाटारमा भएको आठ दलीय गठबन्धनको बैठकमा पनि उनले एमाले सरकारबाट बाहिरिने बताउँदै कांग्रेससहितलाई सत्तामा आउन भनेका थिए । ‘प्रधानमन्त्रीले कांग्रेसलाई सरकारमा ल्याउन चाहिरहनु भएको छ जसको परिणाम मन्त्रीलाई जेनेभा जानबाट रोकेर एमालेलाई चाडो सरकार छाडन एक प्रकारले दबाब दिनुभएको हो’, वालुवाटार निकट स्रोतले भन्यो । तर एमालेले शनिबार आगामी फागुन २५ सम्म सरकारबाट नबाहिरिने निर्णय गरिसकेको छ । एमालेसँगको खटपटबीच प्रचण्डले परराष्ट्रमन्त्रीको भ्रमण रोकिदिएपछि एमाले मन्त्रीहरुलाई सरकारमा बसिरहन नैतिक संकट परेको छ ।
मन्त्री पौडेललाई रोकेपछि अहिले साँझ मन्त्री क्वार्टर पुल्चोकमा एमाले मन्त्रीहरुको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीको निर्देशनपछि मात्रै सरकार छाड्ने निर्णय गरेका छन् । ‘अहिले प्रधानमन्त्रीकै गतिविधिलाई हामीले नियाली रहेका छौ, पार्टीले निर्णय गर्छ अनि हामी पनि निर्णय लिनेछौ’, पुल्चोकबाट एक मन्त्रीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार