भन्सारले विस्थापित गर्न लागेको भन्दै विरोध
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार १८:२९:२३
♦ मोहम्मद हबिब
१६ फागुन, भैरहवा । भैरहवा भन्सार कार्यालयले विस्थापित गर्न लागेको भन्दै बेलहियाका स्थानीय व्यवसायीहरुले विरोध प्रर्दशन गरेका छन ।भन्सार कार्यालय अगाडि रहेको नगरपालिकाको स्वामित्वका भवन भन्सार कार्यालयले सिमित अवधिको लागि माग गरेको भन्दै व्यवसायीहरुले कालो पट्टी बाधेर विरोध जनाएका हुन ।
सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको बेलहिया भन्सार अगाडिको पार्किङ सहितको २५ व्यवसायिक सटरमा झण्डै २० बढि व्यवसायीहरु छन । सिमामा हुने कुनै पनि समस्या समाधानका लागि स्थानीय र बेलहिया गाँउ समाज उभिने गर्छ अहिले भन्सारले वर्षौ देखि व्यवसाय गर्दै आएका व्यवसायीहरुलई विस्थापित गर्न खोजिएकोले हामी विरोधमा उत्रेको संघर्ष समितिका संयोजक सुरेन्द्र क्षेत्रीले बताए ।
स्थानीय तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष उज्जवल पोखरेलले नगरपरिषदबाट फेल भएको निर्णय भन्सार कार्यालयले माग्नु नै अवैज्ञानिक रहेको बताए । दर्जनौलाई रोजगार बनाएको यो क्षेत्रका व्यवसायीलाई विस्थापित गर्नु भन्सारको गलत काम हो, सडकको दाया तर्फ भन्सार राख्नु नै गलत रहेको उनले भने ।
सटही काउन्टर, टुर्स एड ट्राभल्स, चिया पसल लगायतका सेवा दिदै आएका व्यवसायीहरुलाई हटाएर भैरहवा भन्सार कार्यालय र इलाका प्रहरी कार्यालय बेलहियालाई व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी संयोजक रहेको राजश्व चुहावट नियन्त्रण समितीले बैकल्पीक व्यवस्थाको लागि सो क्षेत्र लिजमा दिने निर्णय गरेको छ ।
बाटो विस्तारको क्रममा ६ लेन सडक निर्माण गर्दा हालको भन्सार यात्रु शाखा पर्ने भएकोले त्यसको बैकल्पीक व्यवस्थाका लागि अर्को स्थायी भवन नबने सम्म नगरपालिकासँग लिजमा लिने गरी तत्कालको व्यवस्थापनका लागि अस्थायी रुपमा भवन लिने निर्णय भएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषद्मा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार