प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तारपछि मात्रै विश्वासको मत लिने
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार २२:४३:३२
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिनु अगाडी नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । उनले उपराष्ट्रपतिको निर्वाचन लगत्तै विश्वासको मत लिने बताइएको छ । संविधानमा भएको प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले चैत १२ गतेभित्र विश्वासको मत लिनुपर्छ । उनी त्यसअघि नै मन्त्रिपरिषदलाई पुर्णता दिने तयारीमा छन् ।
नेकपा माओवादीका एक नेताले नेपालबहसलाई दिएको जानकारी अनुसार अहिले मन्त्रिपरिषद विस्तारबारे छलफल सुरु भएको छ । बिहीबारसम्ममा आठ दल सम्मिलित गठबन्धनको बैठक बोलाउने तयारी पनि भएको छ । उनले बिहीबारभित्र सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरुको बैठक बस्ने र कुन दलले कुन मन्त्रालय लिने भन्ने टुंगो लगाएर प्रधानमन्त्री त्यही अनुसार अगाडी जाने बताए ।
सम्भवत राष्ट्रपतिको निर्वाचन अगाडी नै सरकारले पुर्णता पाउने छ । अहिले १६ वटा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै लिएका छन् । लामो समयसम्म धरै वटा मन्त्रालय खाली हुने र जनतामा पनि नराम्रो सन्देश जाने भएकाले उनले विश्वासको मत लिनुभन्दा अगाडी नै मन्त्रिपरिषदलाई पूर्णता दिने सोच बनाएको बताइएको छ । संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्री बन्दा समर्थन गरेको दलले आफ्नो समर्थन फिर्ता लिएको १ महिना भित्र पुनः विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
प्रचण्ड प्रधानमन्त्री हुँदा समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन १३ गते नै आफ्नो समर्थन फिर्ता लिएकाले चैत १२ गते भित्र विश्वासको मत लिनुपर्ने भएको हो । पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिए पनि उनी नेतृत्वको सरकारमा सहभागी राप्रपाले फागुन १३ गते समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो । राप्रपा सरकारबाट बाहिरिएसँगै विश्वासको मत लिनुपर्ने बाध्यतामा प्रधानमन्त्री छन् ।
प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेकका दलका सांसदले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएका थिए । तर संविधानको धारा १०० को उपधारा (२) अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोहीअनुसार उनले उपराष्ट्रपतिको निर्वाचन लगत्तै विश्वाासको मत दिने तयारी गरेका हुन् । चैत ५ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।
विश्वासको मत लिने तयारी गरिरहेका बेला सोमबार सरकारमा सहभागी नेकपा एमाले पनि समर्थन फिर्ता लिँदै सरकारबाट अलग भएको छ । सरकारमा मन्त्री पठाउनेबारे अहलिे विभिन्न दलहरुबीच अनौपचारिक छलफल चलिरहेको छ । कांग्रेसले ९ मन्त्रालयमा दावी गरेको छ भने नेकपा एकीकृत समाजवादीले गृह मन्त्रालयमा दावी गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैसँग राख्ने बताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार