प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन सहज, आईजीपी सिंहलाई निरन्तरता दिने तयारी
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार १९:२०:५३
१७ फागुन, काठमाडौं । सरकारले राष्ट्रपतिको निर्वाचनपछि संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने तयारी गरेको छ । नेपाल प्रहरीमा देखिएको ३० वर्षे सेवा अवधि हटाउनकै लागि सो अध्यादेश ल्याउने तयारी गरिएको हो । विगतको सरकारले अर्थ मन्त्रालयको समेत स्वीकृति लिएर तयार पारेको अध्यादेश मस्यौदालाई गृह मन्त्रालयले तयारी हालतमा राखेको छ ।
‘नेपाल प्रहरीको नयाँ संघीय ऐनको मस्यौदा तयार भएको छ, मन्त्रिपरिषदले ल्याउ भन्नासाथ पठाइन्छ’, गृह मन्त्रालयका एक सहसचिवले भने । मस्यौदामा ३० वर्षे सेवा हद हटाउने विषय उल्लेख छ । सेवा हदका कारण संगठनमा वृत्ति विकासको सिष्टम बस्न नसकेको र यसले देशलाई नै घाटा भएको निष्कर्षका आधारमा सेवा हद हटाउन लागिएको हो । प्रहरीमा लामो समयदेखि यस्तो सेवा हद हटाउने विषयमा छलफल हुँदै आएपनि यसले मूर्तरुप पाउन सकेको छैन ।
नयाँ ऐन बन्न पनि महिनौं लाग्ने भएकाले अहिले अवकाश पाउन लागेका उच्च अधिकारी भने यसबाट लाभान्वित हुने सम्भावना कम छ । यद्यपि, सरकारले चाहेमा तत्कालका लागि नियमावलीमा संशोधन गरी ऐनमा पछि व्यवस्था गर्नसक्ने अवस्था पनि छ । सेवा हदकै कारण एसएसपीबाट डीआईजी भएको ८ महिनामै अहिले आईजीपी बन्ने अवस्था छ । भावी आईजीपीका दाबेदारहरु गत असारमा मात्र डीआईजी भएका थिए । डीआईजीमा एक वर्षको समेत अनुभव नलिई उनीहरु प्रहरी महानिरीक्षक बन्ने दौडमा पुगेका छन् ।
यसले अनुभव नहुने र प्रहरी नेतृत्व कमजोर हुने अवस्था छ । प्रहरीमा नेतृत्व विकास गर्न, अनुभवी प्रहरीलाई छिट्टै अवकाशमा जानबाट रोक्न तथा आर्थिक भार घटाउन सेवा हद हटाउन लागिएको हो । गृहले मस्यौदालाई अन्तिम रुप दिई कानून मन्त्रालयमा रायका लागि पठाउन लागेको छ । नयाँ ऐन नआउँदा प्रदेश सरकारहरुले अधिकार पाएका छैनन् । संघीय प्रहरी ऐन आएपछि मात्र प्रदेश प्रहरी ऐन सक्रिय हुने भएकाले प्रदेश प्रहरीले काम गर्न नपाउने अवस्था छ ।
यसका लागि प्रदेश सरकारहरुले दबाब दिदै आएका छन् । सरकारले अध्यादेश मार्फत ३० वर्षे सेवा अवधि हटाएका अहिलेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहकै टीमले निरन्तरता पाउने अवस्था छ । साथै बसन्त कुँवर, टेकपसाद राई, दीपक थापा, किरण बज्राचार्य, सन्दीप भण्डारी लगायतका डीआईजीहरु एआईजी हुनेछन् । सिंहको टीम बिदा भएपछि उनीहरुले संगठनको नेतृत्व गर्नेछन् । एआईजीको बढुवा लामो समयदेखि रोकिएको छ । हाल ५ जना एआईजी रिक्त छ ।
हाल एआईजीहरु सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनी मात्रै कार्यरत छन् । ८ महिनादेखि रिक्त हुन थालेको एआईजीको कोटा ५ पुगे पनि सरकारले अझै केही दिन बढुवा नगर्ने भएको छ । राजनीतिक समीकरण फेरबदलको असर यहाँ पनि देखिएको छ । फागुन ७ गतेदेखि रिक्त एआईजीको संख्या ५ पुगेको हो । एआईजी पूजा सिंह ७ गतेबाट अवकाशमा गएकी हुन् ।
अब भने सरकारले बढुवा गर्ने तयारी गरेको छ। तर फेरिपनि राजनीतिक समीकरणको हिसाब गरेर मात्रै एआईजी बढुवा हुने भएका छन् । फागुन २५ गते राष्ट्रपति निर्वाचन हुने भएपछि सत्ता समीकरणमा फेरबदल आएका कारण एआईजी बढुवा पछाडि धकेलिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार