राष्ट्रपतिको अभियान लिएर कांग्रेसका सात नेता पुगे सात प्रदेश
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार २०:३५:१९
१८ फागुन, काठमाडौं । नेपाली कांग्रेस नेतृत्वमा बनेको आठदलीय गठबन्धनले सात प्रदेशमा गर्न लागेको सांसद अभिमुखीकरण प्रशिक्षण कार्यक्रमको नेतृत्व गर्दै कांग्रेस नेताहरु तोकिएको प्रदेशमा पुगेका छन् । आज बिहीबार राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुलाई प्रशिक्षण दिएर गठबन्धनका दलहरुले भोली १९ गते शुक्रबार सात प्रदेशमा भेला राखेका छन् ।
सात प्रदेशका सांसदहरुलाई अभिमुखीकरण प्रशिक्षण दिन राखिएको यस कार्यक्रमको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । यसका लागि कांग्रेसले सात वटै प्रदेशमा जिम्मेवारी दिएर नेताहरु खटाइसकेको छ । यस अभिमुखीकरण प्रशिक्षण कार्यक्रमको उदेश्य राष्ट्रपतिको निर्वाचन भएकाले उक्त प्रशिक्षणमा नयाँ गठबन्धन बन्नुको कारण, गठबन्धनका आगामी रणनीति र सरकारका आगामी कामबारे सांसदहरुलाई जानकारी दिइने बताइएको छ ।
कांग्रेसले राष्ट्रपतिमा आठ दलीय गठबन्धनका साझा उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता खटाएको हो । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेललाई विजयी गराउन कांग्रेसले केन्द्रबाटै पदाधिकारीलाई खटाएको छ । बुधबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी एवं शीर्ष नेताको बैठकले गठबन्धनको कार्यक्रमलाई नेतृत्व गर्न पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो ।
कांग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको छ भने मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाहा मन्सुरलाई जिम्मेवारी दिएइको छ । बागमती प्रदेशमा महामन्त्री गगन थापा खटिएका छन् । यसैगरी गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङलाई कार्यक्रमको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । लुम्बिनी प्रदेशको जिम्मेवारी सहमहामन्त्री किशोरसिंह राठोरले पाएका छन भने कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्कालाई खटाइएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेले जिम्मेवारी पाएका छन् । पदाधिकारीलाई जिम्मेवार दिएको काांग्रेसले सम्बन्धित प्रदेश सभापति र प्रदेश संसदीय दलको नेतालाई पनि कार्यक्रममा सहभागी हुन भनेको छ । भोली फागुन १९ गते हुने प्रदेशस्तरीय भेलामा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य समेतको सहभागिता रहनेछ । निर्वाचनका लागि संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता रहेका छन् । यस कार्यक्रमको उदेश्य पनि गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई जिताउनु रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार