माओवादी केन्द्र स्थिर बसे देशकाे विकास हुँदैन : हरिबोल गजुरेल
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार २२:४२:१७
१८ फागुन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले पार्टी स्थिर र चुप बसे देशको विकास हुन नसक्ने बताएका छन् । उनले माओवादी केन्द्र विकासमा छलाङ मार्न चाहने शक्ति भएको भन्दै उनले पार्टी स्थिर रहन नसक्ने बताए ।
बिहीबार कीर्तिपुरमा आयोजित पार्टी कार्यक्रममा धारणा राख्ने क्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका गजुरेलले माओवादी कैन्द्रलाई अस्थिर र विकासविरोधी रुपमा हेर्ने र बुझ्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । उनले पछिल्लो राजनीतिक घटनाक्रम स्वभाविक भएको र यसले देशलाई विकास र गतिशील बनाउने दाबी गरे ।
‘अहिलेसम्म माओवादी केन्द्र स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुनै सक्दैनथ्यो’ उनले भने, ‘स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रिया, सरकारको नेतृत्व कति संभव हुन्थ्यो ?’
माओवादी केन्द्र सधैं कहिले पछि र कहिले अघि सर्ने र जसरी पनि देश र जनतालाई सुखमा पुर्याउने काममा लागिरहने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने र बेपत्ताहरुको समस्या समाधान गरेर देश विकासमा फड्को मागर्ने प्रतिवद्धता जनाएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार