एनआरएनले सरकारसँग मिलेर इन्भेष्टमेन्ट कम्पनी खोल्न पाउने
नेपालबहस संवाददाता
फागुन १९, २०७९ शुक्रबार २२:४०:३९
१९ फागुन, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)ले नेपाल सरकारसँग मिलेर देशभित्र संयुक्त रूपमा इन्भेष्टमेन्ट कम्पनी खोल्न पाउने भएकाे छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको कम्पनी स्थापनासम्बन्धी सर्त संशोधन गर्दै एनआरएनले नेपाल सरकारसँग मिलेर नेपालमा उद्योगको रुपमा इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्न पाउने व्यवस्था बनाएकाे हाे । यसअघि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा मात्रै इन्भेष्टमेन्ट कम्पनी उद्योगको रुपमा दर्ता गर्न पाइन्थ्यो ।
एनआरएनलाई नेपालमा लगानी भित्र्याउन प्रोत्साहन गर्नेगरी कम्पनी स्थापनाको शर्त संशोधन गरिएको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । संशोधित सर्तले अब गैरआवासीय नेपालीले सरकारसँग संयुक्त लगानीमा १० करोड रुपैयाँसम्म लगानीको कम्पनी खोल्न पाउने बाटो खोलेको उनले बताए ।
त्यस्ता कम्पनीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले तोकेको क्षेत्रमा लगानी गर्न पाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने
पुष १८, २०८१ बिहिबार
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम
पुष १५, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार