कोशी प्रदेश नामाकरणको विरोधमा विराटनगरमा प्रदर्शन
नेपालबहस संवाददाता
फागुन १९, २०७९ शुक्रबार २३:२८:४१
१९ फागुन, मोरङ । बुधबार प्रदेश १ को नाम कोशी पारित भएपछि उक्त नामप्रति असहमत पक्षधरले सडकमा आएर विरोध प्रदर्शन जारी राखेका छन् । नामाकरणबारे प्रदेशसभा बैठकमा छलफल भइरहेका बेला ‘कोशी, नदी र वनजंगललाई नाम चाहिएको छैन’ भन्दै पहिचानको आधारमा नाम राख्नुपर्ने मागसहित विराटनगरको मुख्य बजारमा प्रदर्शन गरेका थिए ।
प्रदेशसभाबाट कोशी नाम नै पारित भएको ३ दिन बितिसकेको अवस्थामा पहिचान पक्षधरहरुले संघ संस्थाहरु जम्मा पारेर संयुक्तरुपमा सडक आन्दोलन सुरु गरेका छन् । उनीहरु लिम्बुवान किरात संघर्ष समितिको नाममबाट सडकमा आएका छन् । उनीहरुले पहिल्यैदेखि लिम्बूवान/किरात/किरात–लिम्बुवान मध्येबाट एक राख्नुपर्ने माग राख्दै आएका थिए । तर पहिचान पक्षमा राजनीतिक र आधारभूमि तयार पार्दै आइरहेको माओवादी केन्द्रको शक्ति कमजोर बनेपछि पहिचानमुखी नामको चर्चा विलाएको हो ।
माओवादी केन्द्रका प्रदेशको संसदीय दलका नेता राजेन्द्रकुमार आङबोले बिहीबार एक प्रेस विज्ञप्ति निकालेर पहिचानवादी राजनीतिको वकालत गरिरहेको माओवादी केन्द्रको शक्ति कमजोर रहेकाले नाम दिन नसकेको स्वीकार गर्दै पहिचानको पक्षमा निरन्तर लड्ने बताएका थिए ।
टाउकामा कालाे रिबन बाँधेर सडकमा निस्केका प्रदर्शनकारीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि रोडशेष चोकमा प्रदेश सरकारविरुद्ध नाराबाजी गरे । केहीबेर धर्ना समेत बसे । उनीहरुले एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीविरुद्ध आक्रोश पोख्दै ‘पहिचानवादी एक होऔंं, कोशी प्रदेश मान्दैनौं’ जस्ता नारा लगाएका थिए । प्रदेशमा पहिचान पक्षधरको बाहुल्यता रहेको बताउँदै उनीहरुले प्रदेशको नाम परिवर्तन गर्न माग गरे ।
प्रदर्शनको संभावनालाई लिएर जिल्ला प्रशासन कार्यालयले विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभा बैठकमा नामबारे छलफलका लागि सभामा रहेका दलहरुसँग पूस्ताव माग हुँदा एकीकृत समाजवादी र जसपाले ‘किरात–लिम्बूवा–सगरमाथा’ प्रस्ताव दर्ता गराएका थिए । तर यी २ दलसँग जम्मा ५ मत मात्र थियो । त्यसमा पनि अन्तिम छलफलका बेला जसपाका सांसद उपस्थित भएनन् ।
अन्ततः ४० सिट संख्या भएको एमालेले राखेको कोशी प्रस्तावमै २९ सिटका कांग्रेस र १३ सिटका माओवादी केन्द्रले मतदान गरेपछि कोशी नाम पारित भएको थियो । सभाले कोशी पारित गरेपनि कोशी लेख्ने कि ‘कोसी’ लेख्ने भन्नेबार बहस चलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
बिहान खाली पेटमा मनतातो पानीसँग हिंग खानुका आश्चर्यजनक फाइदा
पुष २५, २०८१ बिहिबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार
कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर
पुष २५, २०८१ बिहिबार