प्रतिनिधिसभा नियमावली पारित नहुँदा कामविहिन भए सभामुख
नेपालबहस संवाददाता
फागुन २०, २०७९ शनिबार १८:२०:४०
२० फागुन काठमाडौं । प्रतिनिधिसभा नियमावली पारित नहुँदा सभामुख देवराज घिमिरे कामविहिन देखिएका छन् । आम निर्वाचनपछिको पहिलो अधिवेशन भएकाले अरु अधिवेशनमा जति काम गर्न नसकेपनि केही महत्वपुर्ण कामहरु नियमावलीका कारण रोकिने अवस्था देखिएको छ । प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित छ । यसबीचमा नियमावली संशोधनको काम सकिएपनि त्यसलाई संसदबाट पारित गराउनुपर्छ ।
प्रतिनिधिसभा नियमावली संशोधनका लागि बनेको समितिले संशोधनको काम अन्तिम चरणमा पुर्याएको बताइएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा समितिका सदस्य रमेश लेखकका अनुसार समितिमा लगभग सहमति भइसकेको छ । प्रतिनिधिसभा बैठक स्थगित भएकाले केही ढिलाई भएको हो । उनले संशोधित नियमाावली प्रतिनिधिसभामा पेस गरेर यही शुत्रबार नै पारित गराउने तयारी थियो तर, बैठक स्थगित भएका कारण पारित नभएको बताए । संसद गतिविधि चलाउने महत्वपूर्ण जिम्मेवारी भनेको सभामुखको नै हो । उनले अहिलेसम्म समितिलाई ताकेतासमेत गर्न सकेका छैनन् ।
नियमावली पारित नभइकन संसदीय समितिहरु गठन हुनसक्ने अवस्था छैन । समिति गठन नहुँदा त्यसको प्रत्यक्ष प्रभाव सर्वोच्च अदालतमा परेको छ । सर्वोच्च अदालतमा विगत एकवर्षदेखि प्रधानन्यायाधीश छैनन भने अन्य चार न्यायाधीशको पद पनि रिक्त छ । उनीहरुलाई सिफारिस गर्न संसदबाट सुनुवाइ हुनुपर्छ । तर, विशेष संसदीय सुनुवाइ समिति बनेको छैन र यो अधिवेशनमा यी समितिहरु बन्ने अवस्था पनि देखिएको छ ।
बैशाख अन्तिम साता अघि नै बर्खे अधिवेशन बोलाउनपर्ने हुन्छ । किनभने जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ । यसकारण यो अधिवेशनमा सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली पारित गराएर संसदीय समितिसम्म बनाउन सकेमात्र पनि सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि बाटो खुल्ने थियो । तर,समयमा नै प्रतिनिधिसभा नियमावली पारित नहुँदा त्यसको असर संसदीय समितिदेखि सर्वोच्च अदालतसम्म परेको छ । प्रतिनिधिसभा नियमावली संशोधनका लागि समिति बनेपनि संशोधनको काम सकिएको छैन ।
संशोधन भएको नियमावली संसदबाट पारित भएपछि मात्र लागु हुन्छ । त्यसअघि प्रतिनिधिसभामा कुनै पनि काम कारवाही अगाडी बढ्न सक्ने अवस्था देखिएको छैन् । सांसदहरु पनि कामविहिन देखिएका छन् । निर्वाचन पछिको पहिलो अधिवेशनले गर्नेपर्ने अन्य महत्वपूर्ण काम नागरिकता विधेयक पनि थियो । यो लगायत कतिपय विधेयक रोकिँदा सरकारी कामकाज समेत ठप्प रहेको अवस्था छ । संवैधानिक परिषद सम्बन्धी संशोधित विधेयक अर्को महत्वपूर्ण विधेयक हो । यो विधेयक पारित नभएसम्म संवैधानिक परिषदको बैठक पनि बस्ने अवस्था छैन ।
संवैधानिक परिषदसम्बन्धी संशोधित विधेयक पारित नहँदा संवैधानिक नियुक्तिको बाटो बन्द नै रहनेछ । यसकारण सभामुख घिमिरेले संघीय संसदको हिउँदे अधिवेशन कुनै ठोस निर्णय विना नै सकाउने देखिएको छ । प्रतिनिधिसभा नियमावली पारित नभएका कारण संसद गतिविधि ठप्प रहँदा हिउँदे अधिवेशनमा संसदीय गतिविधि नभईकनै अधिवेशन सकिने सम्भावना बढेको छ । अब यो अधिवेशनमा संसद्को कामकारबाही धेरै दिन नहुने निश्चित छ । संसद्को हिउँदे अधिवेशन चैत महिनासम्म हुने भए पनि अझै नियमावली पारित हुन नसक्दा संसद्को अधिवेशन संसदीय गतिविधिविनै सकिने सम्भावना देखिएको हो ।
अर्को संसदीय समिति गठन पनि सहज छैन । संसदीय समितिमा पनि भागवण्डाको तयारी भएको छ । संसदीय समितिमध्ये सार्वजनिक लेखा समिति सामान्यतः प्रतिपक्षी दललाई दिने भएकाले अन्य नौवटा समितिको सभापति भागवण्डा गर्ने तयारी भइरहेको छ । ती नौवटा समिति सभापतिमध्ये कांग्रेसले चारवटामा दाबी गरेको छ भने माओवादी केन्द्रले २ र जसपा, एस र लोसपालाई एक–एक सभापति भाग लगाउने तयारी पनि भइरहेको छ । यस हिसाबले पुष २५ देखि अधिवेशन सुरु भए पनि प्रतिनिधिसभा नियमावली नबनेसम्म प्रतिनिधिसभाले गति लिन सक्ने देखिदैन ।
सभामुखले चाहेको भए नियमावली नआउँदै पनि प्रतिनिधिसभाको यस अवधिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दर्ता भएका विधेयकमाथि छलफल चलाउन सक्ने थिए । सम्पत्ति शुद्धीकरण विधेयक यतिबेला संशोधन प्रक्रियामा छ । विधेयकलाई समितिमा छलफल गर्न पठाउनुपर्ने भएमा नियमावली पारित गर्नुपर्दछ ।
नियमावली पारित नभएसम्म संसदीय समिति गठन हुन सक्दैन । समिति गठन नभएसम्म विधेयकमाथिको छलफल समितिमा हुन सक्दैन, त्यसैले पहिला नियमावली नै पारित हुनुपर्ने अवस्था रहेको लेखकको भनाई छ । नियमावली नहुँदा प्रश्नोत्तरको कार्यक्रम पनि प्रभावित भएको छ । नियमावलीमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घन्टा निर्धारण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । नियमावलीको प्रस्तावित व्यवस्थाबमोजिम एक दिनको बैठकमा प्रधानमन्त्रीसँग बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार