मुख्यमन्त्री शाहले एमालेबाहेक सबै दलबाट विश्वासको मत पाउने
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १६:३१:१५
२१ फागुन, धनगढी । गठबन्धनभित्र बाटै लिखित सहमतिको सर्त राखेपछि धरमरमा परेको सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाहको मुख्यमन्त्री पद जोगिने भएको छ । उनले आज आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । लिखित समहति विना विश्वासको मत दिन नसकिने अडानमा रहेको नेकपा माओवादी र नागरिक उन्मुक्ति पार्टीले पनि उनलाई विश्वासको मत दिने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीले यसअघि नै विश्वासको मत दिने जनाइसकेको छ ।
दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको भएपनि गठबन्धनभित्रका दलहरुबीच मत दिने विषयमा अन्तिम समझदारी नभइसकेकाले शाह अलमलमा थिए । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारका पक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएपछि यो मााहोल बनेको हो । प्रचण्ड निकट स्रोतले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई आज विश्वासको मत दिन सांसदहरुलाई निर्देशन दिइएको छ ।
संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार गठन भएको छ । माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार उनले आज विश्वासको मत लिने तयारी गरेका थिए ।
माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिनुअघि शनिबार साँझ मुख्यमन्त्रीलाई भेटेर पावरसेयरिङको विषय उठाएपनि मत नदिँदा केन्द्रमा असरपर्ने भएपछि मत दिन माओवादी पनि तयार भएको बताइएको छ । नागरिक उन्मुक्तिले दुई मन्त्रालय, २ राज्यमन्त्री र दुई संसदीय समितिमा सभापति माग गरेको थियो । तर, यस विषयमा के सहमति भयो भन्ने बाहिर नआएपनि उसले पनि मत दिने भएको छ ।
नेकपा माओवादी सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले गठबन्धनबाहिर जाने कुरा नहुने बताएका छन् । उनका अनुसार केन्द्रको सकुर्लर पनि यस्तै छ । योसँगै मुख्यमन्त्री शाहले प्रदेशसभाबाट विश्वासको मत लिदा बहुमत प्राप्त गर्ने लगभग निश्चित भएको छ । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत जित्न २७ सांसदको समर्थन चाहिन्छ । प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र एक सांसद छन् । यहाँ एमालेका १० सांसद छन् ।
नागरिक उन्मुक्ति संसदीय दलका नेता रामेश्वर चौधरीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने बताए । उनले भने ‘हामी विश्वासको मत दिन्छौँ । हामी सबै धनगढीमै छौँ । काठमाडौंमा रहेको म पनि आइसकेँ ।’ यसअघि नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले लिखित सम्झौताबिना विश्वासको मत नदिने बताएकी थिइन् । तर मुख्यमन्त्री शाह र नाउपाबीच के सहमति भयो भन्ने चाहिँ खुलेको छैन । एकीकृत समाजवादीले यसअघि नै विश्वासको मत दिने बताइसकेकोले शाह सरकारले निरन्तरता पाउने निश्ति भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार