दोश्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १९:३४:२५
२१ फागुन, काठमाडाैं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो १० नम्बर सिरिजको दोश्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ। बजारमा अहिले यो मूल्यमा उपलब्ध फोनहरुमध्ये यो मात्र यस्तो फोन हो ।
जसमा मेडियाटेक हेलियो जी ९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको छ, त्यसैले यसलाई कम्पनीले पावर किङको रुपमा प्रस्तुत गरेको छ। नेपाली बजारमा अहिले यो ८ जिबी र्याम र १२८ जिबि रोमको स्टोरेज अप्सनमा उपलब्ध रहेको छ भने मूल्य २९ हजार ९ सय ९९ रहेको छ।
सेग्मेन्टकै एक मात्र ९० हर्ज एमोलेड डिस्प्ले र मेडियाटेक जी ९९ चिपसेटको कम्बो
बजारमा यही मूल्यका फोनहरुमा कि त एलसीडी अथवा पुरानै स्न्यापड्रागन ६८० चिपसेट प्रयोग गरिएको हुन्छ तर रियलमी १० मात्र एउटा यस्तो मोडल हो जुनमा ९० हर्जको एमोलेड डिस्प्ले र मेडियाटेक जी ९९ चिपसेट प्रयोग गरिएको छ।
जसको मतलब हुन्छ फोन चलाउँदा भिजुअल एक्स्पिरियन्स अझ राम्रो हुन्छ किनकी रंगहरु प्रष्ट हुन्छन् र औंलाको दागहरु धेरै बस्दैनन्। कर्निङ गोरिल्ला ग्लास ५ डिस्प्ले भएको यस रियलमी १० मा १००० निट्सको ब्राइट्नेस भएकोले दिउँसो पनि राम्रोसँग स्क्रिन देखिन्छ।
यो भन्दा अगाडिको मोडल रियलमी ९ मा भन्दा रियलमी १० मा रहेको प्रोसेसर (एसओसी) को पावर पर्फर्मेन्स ४० प्रतिशतले बढी छ। जसले गर्दा फोन चलाउँदा ल्यागिङ कम र सिस्टम पर्फर्मेन्स स्मुथ हुन्छ।
त्यस्तै यसमा रहेको सिक्स एनएम टेक्नोलोजीले गर्दा सिपियु पर्फर्मेन्स २५प्रतिशतले, जिपियु पर्फर्मेन्स ७८प्रतिशतले बढाउनुको साथै समग्र पावर खपत चाँही २०प्रतिशतले घटाएको छ। त्यस्तै यसको एनटुटु बेन्चमार्क स्कोर ४०००८४ रहेको छ जुन अहिले बजारमा उपलब्ध जी९९ पावर्ड स्मार्टफोनहरु मध्य सबैभन्दा धेरै हो।
बजेट फोनमा उत्कृष्ट गेमिङ एक्स्पिरियन्स लिन चाहने उपभोक्ताहरुको लागि त यो फोन अत्यन्तै उपयुक्त रहेको छ। यसमा ब्यालेन्स्ड मोडमा ४० एफपिएसमा पबजी खेल्न मिल्छ।
१६ जिबीको ठूलो डाइनामिक र्याम
सिस्टम एक्स्पिरियन्सलाई अझै स्मुथ बनाउन यसमा ८ जिबिको र्याम र १२८ जिबिको रोम प्रदान गरिएको छ जसमा ३२००० सम्म फोटोहरु स्टोर गर्न मिल्छ भने यसको स्टोरज अझै १ टिबिसम्म बढाउन मिल्छ।
यो मूल्यमा उपलब्ध हुने प्राय फोनहरुमा इएमएमसी र्याम राखिएको हुन्छ तर रियलमी १० मा LPDDR4X र्याम राखिएको छ जसले अझ छिटो र स्मुथ तरिकाले एपहरु स्विच गर्न र फाइलहरु रिड र राइट गर्न सकिन्छ। त्यस्तै गेमिङको लागि पनि अझै स्टेबल फ्रेम्र रेट हुन्छ। त्यस्तै रियलमी १० मा ८ जिबीसम्मको भर्चुअल र्याम राखिएको छ जसले गर्दा र्यामको स्टोरेज १६ जिबि सम्म बढाउन मिल्छ। यसले गर्दा १८ वटासम्म एपहरु स्ट्यान्ड बाइ मोडमा चलाउन सकिन्छ जसले गर्दा प्रयोगकर्ताहरुले आफ्नो फेभरेट एपहरु स्मुथ तरिकाले न्याभिगेट गर्न सक्छन्।
रेटिङको कुरा गर्नुपर्दा रियलमी १० ले TÜV SÜD 36– मन्थ फ्लुएन्सी रेटिङमा ए पाएको छ जुन यो स्ट्यान्डर्डको फोनहरुमा सबैभन्दा धेरै हो। र यसको कारण हो– यसको पावरफूल चिपसेट र स्टोरेज सपोर्ट। प्रयोगकर्ताहरुले सकेसम्म स्मुथ तरिकाले फोन चलाउन पाउन् भनेर यो फोनमा एजिङ प्रोसेस, रिपिटेड एप लन्च र फाइल लोडिङ टेस्ट जस्ता अन्य धेरै टेस्टहरु गरिएको छ।
स्लिम बडीमा पावरफुल ब्याट्री
रियलमी १० मा ५००० एमएएचको शक्तिशाली ब्याट्री भएकोले गर्दा दिनभरी नै आरामसँग फोन चलाउन सकिन्छ भने ३३ वाटको फास्ट चार्जिङ रहेकोले २८ मिनेटमै ब्याट्री शून्य प्रतिशतबाट ५० प्रतिशतसम्म चार्ज हुन्छ।
र सबैभन्दा महत्त्वपूर्ण कुरा त के छ भने एकदमै शक्तिशाली ब्याट्री जडान गरिएको भए ता पनि यो मोडल अहिलेसम्म रियलमीले निकालेको सबैभन्दा स्लिम सेट हो। त्यस्तै यसको वजन रहेको छ १७८ ग्राम, जुन अत्यन्तै हलुका हो। यस्तो हलुका भएकोले गर्दा दिनभरी गेम खेल्दा अथवा अन्य कुनै कामको लागि फोन प्रयोग गर्दा पनि हातमा दबाव महसुस हुँदैन।
पावर मिट्स स्टाइल : लाइट पार्टिकल डिजाइन
स्टाइल त रियलमी फोनहरुको अभिन्न अंग नै हो। प्रकाशको गतिमा चल्ने लाइट पार्टिकलहरुबाट प्रेरित भएर रियलमी फोनहरुको डिजाइनमा पनि लाइट पार्टिकल नै फिचर गरिएको छ। रियलमी १० मा ६ लेयरको एउटा विशेष किसिमको कोटिङ गरिएको छ जसले गर्दा स्टनिङ ग्लसी फिनिश र घम् टेक्स्चर त आइ नै हाल्छ, साथै फिङरप्रिन्टहरु पनि कम देखिन्छन्।
५० एमपिको कलर एआइ क्यामरा र १६ एमपिको सेल्फी क्यामरा
रियलमी १० मा ५० एमपिको मुख्य क्यामरा र १६ एमपिको सेल्फी क्यामरा राखिएको छ। जुन यो मूल्यमा उपलब्ध हुने फोनहरुमा पाइने मध्य सबैभन्दा धेरै हो। त्यस्तै यसको मुख्य क्यामरामा भएको ५० मिलियन पिक्सेलको सामसँग जेएन१ सेन्सरले गर्दा फोटोहरु असाध्यै उत्कृष्ट आउँछन्। त्यस्तै प्रो–लाइट टेक्नोलोजी युक्त नाइट मोडबाट धेरै नोइज हटाएर फोटो खिच्न सकिन्छ भने प्रोसेसर पर्फर्मेन्सले गर्दा शटर स्पिड पनि १२१ प्रतिशतले सुधारिएको छ।
हाइ रेजोल्युसन सेल्फी क्यामरा र इन्ह्यान्स्ड नाइट शट युक्त यस रियलमीमा भएको स्ट्रिट फोटोग्राफी मोड २.० मा म्यानुअल्ली नै फोकस जोन कन्ट्रोल गर्न मिल्छ भने जुम इन र जुम आउट पनि आरामसँग गर्न मिल्छ।
उपभोक्ता केन्द्रित फिचरहरु
यो भन्दा अगाडिका मोडलहरुमा ३.५ एमएमको हेडफोन ज्याक र २०० प्रतिशत अल्ट्रा बुम स्पिकर राखिएको थियो जुन उपभोक्ताहरुले एकदमै मन पराएका थिए। त्यही कारणले रियलमी १० मा पनि यी दुईवटै फिचरहरु समावेश गरिएका छन्। अल्ट्रा बुम् स्पिकरमार्फत् उपभोक्ताहरुले पार्टी अथवा अन्य कुनै रमाइला पलहरुमा बस्टेड भोल्युममा हाइ रेजोल्युसन साउन्डको मजा लिन सक्नेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार