राष्ट्रपति निर्वाचनको दुई दिन अघि सत्ता भागवण्डा गर्न माधव–उपेन्द्रको जोड
कुसुम सेञ्चुरी
फागुन २३, २०७९ मंगलबार १७:५७:३४
२३ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनको तीन दिन अघि आठ दलीय गठबन्धनमा सहभागी रहेका नेकपा एस र जसपाले सत्ता भागबण्डा मिलाउन दबाब दिएका छन् । राष्ट्रपति निर्वाचनपछि कांग्रेस र माओवादी मिलेर सरकारमा आफूहरुलाई ‘कर्नर’मा पार्न सक्ने भयले निर्वाचन अघि नै भागबण्डा मिलाउन दबाब दिएका हुन् ।
२५ वटा मन्त्रालयमध्ये १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालिरहेका छन् । मन्त्रालय बाँटफाँटमा कांग्रेसले कम्तीमा ८ वटा र अन्यलाई त्यही अनुसार भागबण्डा गर्नुपर्ने अवस्था रहेकाले एस र जसपालाई रोजेको भन्दा पनि छाडेको मन्त्रालय पाउने अवस्था आउने भएकाले सोमबार त्यस्तो दबाब दिइएको थियो ।
फागुन १३ गते राप्रपा र १६ गते एमालेले सरकार छाडेका थिए । १३ गते राष्ट्रपति चुनावको मनोनयनसँगै एमाले, माओवादीसहितको गठबन्धन भत्किएर पुरानो गठबन्धनमा जनमत, नागरिक उन्मुक्ति पार्टी थपिएर आठ दलीय गठबन्धन बनेको छ । नेकपा एसले उपप्रधानमन्त्री र गृहमन्त्रीमा दावी गरेको छ । अहिले गृहमन्त्रालय प्रधानमन्त्रीसँग छ । माओवादीले गृह मन्त्रालय नछाड्ने मनसायका साथ कर्मचारीहरु पनि त्यही अनुसार सेटिङ गरिसकेको छ । हाल सरकारमा प्रधानमन्त्रीसहित माओवादी केन्द्रका ५ र जनमत पार्टीका १ जना मन्त्री मात्रै छन् ।
प्रत्यक्ष जनतासँग जोडिएका अर्थ, गृह, परराष्ट्र, स्वास्थ्य, शिक्षालगायतका महत्वपूर्ण मन्त्रालयहरू नेतृत्वविहीन छन् । मन्त्रालय बाँटफाँटको विषय जटिल भएपनि औपचारिक रूपमा २५ गते राष्ट्रपति चुनावपछि मात्र सो विषयमा छलफल हुने नेताहरू बताउँदै आएकोमा नेकपा एस र जसपा नेताहरुले २५ गते अघि नै केही न केही सहमति गरौं भन्ने प्रस्ताव गरेको गठबन्धन दलका एक नेताले भने ।
मन्त्री सरकारमा पठाउन ठिक्क परेका एकीकृत समाजवादी र जसापभित्र २५ फागुन अगावै मन्त्रालयसमेत तोकेर राख्नुपर्नेमा छन् । ‘कांग्रेसले ८९ सीट र माओवादीले ३२ सीट भनेर अनावश्यक रुपमा दबाब दिने भयले नेकपा एस र जसपाले अहिले नै सत्ता भागबण्डा लगाउन खोजिरहेका छन्’, स्रोतले भन्यो । अहिलेको गठबन्धन बनाउन नेकपा एसको महत्वपूर्ण भूमिका रहेकाले राम्रो र कामकाजी मन्त्रालय पाउनुपर्नेमा एसको दावी छ । जसपा पनि यही अवस्थामा छ । यसअघि एमालेसँगको गठबन्धनमा रहेको जसपाले एमाले छाडेर कांग्रेससँगको गठबन्धनमा आएको थियो ।
राष्ट्रपतिको निर्वाचनपछि ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । जसपाले उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर निर्णय गर्न बाँकी छ । पार्टीबाट उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको चर्चा छ । गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने भन्ने सहमति भएको छ । सोही अनुसार यादवको चर्चा भएको हो । यादव उपराष्ट्रपति भएमा उपेन्द्र यादव उनको स्थानमा चुनाव लडेर सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुने तयारी छ । जसपाले ३ मन्त्रालय र एक राज्यमन्त्रीको दाबी गरेको छ । कुन मन्त्रालय भन्ने विषयमा छलफल भएको छैन ।
सरकारमा रहेका जनमत पार्टीले पनि उपप्रधानमन्त्रीसहित अर्को एक मन्त्रालयको दावी गरिरहेको छ । उता रेशम चौधरीको पार्टीको माग भने थगिनसक्नु नै रहेको छ । कैलाली जिल्लालाई टुक्राएर टिकापुरलाई छुट्टै जिल्ला बनाउनु पर्ने, रञ्जिता श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउनु पर्ने, एलिजा गौतमलाई राष्ट्रियसभाको सांसद बनाउनुपर्ने, रेशम चौधरीलाई छाड्नु पर्ने जस्ता माग रहेका छन् । ‘राष्ट्रपति चुनावको मुखमा सत्ताधारी दलहरुबीच महत्वकांक्षा बढेको छ, दलहरुबीच सहमति भने भएको छैन, सरकार विस्तारको विषय पनि चैत ३ पछि नै हुनेछ’, माओवादीका एक पदाधिकारीले भने ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार