प्रधानमन्त्रीवविरूद्धकाे मुद्दा शान्ति सम्झौता बिथोल्ने षडयन्त्र : प्रवक्ता शर्मा
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार १९:१६:४७
२३ फागुन, काठमाडौं । नेपाल सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता बिथोल्ने षडयन्त्र भइरहेको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको मागदाबी रिट निवेदन सर्वोच्च अदालतमा दायर हुनुमा षडयन्त्रको आशंका गरेकी छन् ।
धादिङको गल्छीमा मंगलबार आयोजित सामुदायिक रेडियोको प्रतिनिधिहरुको सम्मेलनलाई सम्बोधन गर्दै द्वन्द्वकालीन न्याय प्रक्रिया टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिकको खोजीसम्बन्धी गठित आयोगले काम गरिरहेको बेला मुद्द दायर हुनुले मुलुकमा अशान्त र बिग्रह चाहने तत्वहरू सक्रिय भएको बताइन् ।
सरकार यस विषयमा अन्त्यन्त संवेदनशील र गम्भीर रहेको बताइन् । शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकलाई अघिल्लो संसदमा टेबल गरिएको र पछि दुई–चार दिनको लागि भनेर समितिमा लगिएको उक्त विधेयक संसद विघटन भएपछि विधेयक अलपत्र परेको उनले जानकारी दिइन् ।
उनले अहिलेको सरकारको प्राथमिकतामा संक्रमणकालीन न्याय प्राथमिकतामा रहेको बताउँदै मत्री शर्माले भनिन्, ‘यही अधिवेशनमै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा लैजाने र सम्मानित सर्वोच्च अदालत गरेको फैसलालाई पनि कार्यान्वयन गर्नेछौं ।’
अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका द्वन्द्वपीडित कल्याण बुढाथोकी, भावना पन्तलगायत ११ जनाले मुद्दामा तत्कालीन जनयुद्धमा मारिएका झण्डै १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने भनी २०७६ को माघी पर्वमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले बोलेको भिडियो क्लिपलाई प्रमाणको रुपमा पेस गर्दै प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गरेका मुद्दा आजै मात्र सर्वाेच्च अदालतमा दर्ता भएकाे छ । मुद्दामा बिहीबार सुनुवाइ हुने भएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार