बंगलादेशमा हुने यू–१७ महिला च्याम्पियनसपिका लागि राष्ट्रिय महिला टोली घोषणा
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार २०:४८:२
२३ फागुन, काठमाडौंं । सार्क सदस्य राष्ट्र बंगलादेशमा मार्च २० देखि ३१ तारिखसम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि नेपाली राष्ट्रिय महिला टोली घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार टोली घोषणा गरेकी हुन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले युईएफए असिस्ट प्रोग्रामअन्तर्गत प्रतियोगिता आयोजना गर्दैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताका लागि खेलाडी छनोट गर्न एन्फा कम्प्लेक्समा जनवरी २६, २७, ३१ र फेब्रुअरी १ र २ गते पाँच दिन खुला छनोटको आयोजना गरेको थियो ।
टोलीमा गोलकिपरमा सुजाता तामाङ, रधिला ओली, करुण बुढाथोकी रहेका छन् । डिफेन्डरमा अञ्जना पुन मगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेनु लिम्बु चबेगु रहेका छन् ।
मिडफिल्डरमा माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ छन् भने फरवार्डमा दीपा रोकाया, वर्षा ओली, सेनु परियार रहेका छन् ।
प्रशिक्षक राना मगरको नेतृत्वमा यू–१५ राष्ट्रिय महिला टोलीले बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहा नगरस्तरीय फुटबल प्रतियोगिता माघ ८ गतेदेखि हुने
माघ ६, २०८१ आइतबार
नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने
माघ ५, २०८१ शनिबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएको कंगनाले गरिन् खुलासा
माघ ९, २०८१ बुधबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार