चिकित्सा शिक्षा आयोगद्वारा विभिन्न कलेजलाई एमबिबिएस कोटा निर्धारण
नेपालबहस संवाददाता
फागुन २३, २०७९ बुधबार ०:२५:३९
२३ फागुन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल÷कलेजका लागि स्नातक तहको कोटा सङ्ख्या निर्धारण गरेको हो ।
आयोगले विभिन्न २१ वटा शिक्षण अस्पताल÷कलेजको एमबिबिएसका लागि एक हजार आठ सय ९५ कोटा निर्धारण गरेको आयोगका सदस्य सचिव डा भोजराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार एक सय जना कोटाका दरले १७ शिक्षण अस्पतालका लागि बाँडफाँट गरिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स टिचिङ अस्पताल, गण्डकी मेडिकल कलेज, काठमाडाैं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्स, लुम्बिनी मेडिकल कलेजले एक सय जनाको कोटा एमबिबिएस पाएका छन् ।
यस्तै महाराजगञ्ज मेडिकल क्याम्पस, मणिपाल कलेज अफ मेडिकल साइन्स, नेसनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल मेडिकल कलेज अफ साइन्सेजले पनि एक सय जना एमबिबिएस पढाउने कोटा पाएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ६५ कोटा, देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट र जानकी मेडिकल कलेज ५०÷५० कोटा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० कोटा पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
इङल्याण्डमाथि शानदार जित निकालेको नेपालले भोली अस्ट्रेलियासँग खेल्ने
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ : पूर्ण बस्नेत
कात्तिक १६, २०८१ शुक्रबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
प्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा
कात्तिक १६, २०८१ शुक्रबार
नेपाल पर्यटन बोर्डमा पहिलोपटक सेलरोटी पकवान प्रतियोगिता
कात्तिक १६, २०८१ शुक्रबार
रामपुरमा नेवाः समाजको सांस्कृतिक सङ्ग्रहालय बन्दै
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार