विवाद मिलाउन शीर्ष नेतृत्व असफल, स्ववियु निर्वाचनमा नेविसंघको बेहाल
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार १८:५३:५८
२४ फागुन, काठमाडौं । पार्टीका नेता उत्पादन गर्ने महत्वपूर्ण संगठनको रुपमा चिनिएको नेपाली कांग्रेसको विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघ यतिबेला आन्तरिक विवादले थलिएको छ । नेतृत्वको गैरजिम्मेवारपूर्ण हस्तक्षेप र अनुचित कार्यले गर्दा लामो समयदेखि महाधिवेशनसमेत हुन नसकेको नेविसंघ स्ववियु निर्वाचनको मुखमा आएर विभाजित भएको छ । नेविसंघमा संस्थापन र इतरसमूह गरी दुई समुह बनेर त्रिभुवन विश्वविद्यालयमा दर्ता भएका छन् । चैत ५ गते देशभरका आंगिक क्यापसमा स्ववियु निर्वाचन हुँदैछ । विवादका कारण नेविसंघको उपस्थिति निर्वाचनमा खासै देखिएको छैन् ।
स्ववियु निर्वाचन घोषणा भएपछि संस्थापन पक्षले एकलौटी गरेको भन्दै संस्थपन इतर समुहले पनि समिति बनाएर समानान्तर गतिविधि गर्न थालेपछि नेविसंघमा विवाद बढेको थियो । नेविसंघको विवाद सतहमा आएपछि केन्द्रले विवाद मिलाउन नेताहरु खटाएको छ । तर, सहमति जुटेको छैन् । पार्टीमा छलफल नै नगरी पार्टी सभापति शेरबहादुुर देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेका थिए । त्यो मनोनयनलाई लिएर नेताहरु केन्द्रीय तहमै विभाजित छन् । स्ववियु निर्वाचनको मुखमा आएर नेविसंघ आन्तरिक विावदमा फसेर भिडन्तमा उत्रिएपछि सभापति देउवाले उपसभापति र महामन्त्रीलाई विवाद मिलाउन जिम्मा दिएका छन् ।
गत शुक्रबार नै सभापति देउवाले नेविसंघको विवाद मिलाउन उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वाय गगन थापा र विश्वप्रकाश शर्मालाई नेविसंघको विवाद मिलाउन जिम्मेवारी दिएका थिए । त्यस यता लगातार जस्तो बैठक बोलाएर उनीहरुले छलफल गरिरहेका छन । तर, निकास निश्किएको छेन् । सोमबार देखि उपसभापति र महामन्त्रीलगायतका नेताहरु दुबै पक्षलाई बोलाएर छलफल गरिरहेका छन् । बुधबार पनि आठ दलको बैठक सकिएपछि सिंहदरवारमा कांग्रेस संसदीय दलको कार्यलयमा विद्यार्थी नेताहरुलाई बोलाएर छलफल गरिएको थियो । तर, निष्कर्ष भने केहि पनि आएको छैन् ।
संस्थापन इतरसमूहले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गरिरहेका छन । अहिले उनको राजीनामाको माग विभिन्न जिल्ला तहबाट पनि आइरहेको छ । अध्यक्ष दुजाङका विषयमा विवाद आएपछि महाधिवेशनसम्मका लागि भन्दै सभापति देउवाले सहमहामन्त्री किशोरसिंह राठोरको संयोजकत्वमा स्ववियु समन्वय समिति बनाउन तयारी गरेका छन् । उपसभापति र महामन्त्री लगायतका नेताले नेविसंघमा एक खालको सहमति गरे त्यसपछि सहमहामन्त्री राठोरको संयोजकत्वमा समिति बनाएर निर्वाचनमा विद्याथीहरुलाई पठाउने देउवाको तयारी छ ।
सभापतिको आग्रहपछि नेविसंघ विवाद मिलाउन छलफल भइरहेको एक विद्याथी नेताले बताए । कांग्रेसको भ्रातृ संस्था नेविसंघको संघको विवाद मिलाउन पार्टी नेतृत्व अग्रसर भएर जिमेवारी दिएको हो । विवाद मिलाउन चार नेताहरू सोमबारदेखि निरन्तर छलफलमा जुटिरहेका छन् । मंगलबार पनि बिहानैदेखि नेताहरू छलफलमा थिए । उपसभापति खड्काको नेतृत्वमा पार्टी मुख्य कार्यालय सानेपामा नेताहरूबीच विवाद मिलाउने विषयमा धेरै पटक छलफल भएको छ । उपसभापतिद्वय र महामन्त्रीद्वयलाई विवाद समाधानदेखि स्ववियु निर्वाचनसम्बन्धी अन्य कार्यहरुको जिमा देउवाले दिएका छन् ।
विवाद बढेर गएपछि ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेविसंघको दुईवटा समूहले त्रिभुवन विश्वविद्यालयमा छुट्टाछुट्टै रुपमा संगठन दर्ता गराएका छन् । त्रिभुवन विश्वविद्यालयमा सभापति शेरबहादुर देउवा पक्षका पुरन रोकाया र शेखर कोइराला पक्षका गणेश भण्डारीले नेविसंघ दर्ता गराएका छन् । नेविसंघको विवादले गर्दा पार्टिमा जस्तै विद्यार्थी संगठनमा पनि गठबन्धन गरेर जाने भन्ने कुरा अन्योलमा परेको छ । अहिले इतरसमूहको खास माग शेर्पाको राजीनामा छ । यसै क्रममा विवादकै बीच इतर समूहका विद्यार्थी नेता शिव रिमाल कुटिएका थिए । रिमाल कुटिएको निहुँमा इतर समूहले संघको केन्द्रीय कार्यालय तोडफोड समेत गरेको थियो । यी र निर्वाचनसम्बन्धी अन्य विवाद मिलाउन नेताहरू अहिले क्रियशील छन् ।
यता, विवाद नमिलेकाले राठोरको नेतृत्वमा समन्वय समिति बनाउने विषय पनि अल्झिएको छ । चैत ५ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन चुनावको घोषणा गरेको र सोही चुनावलाई लक्षित गर्दै पार्टीले सहमहामन्त्री तथा संघको पूर्वअध्यक्ष किशोर सिंह राठोरको नेतृत्वमा स्ववियु समन्वय समिति गठन गर्ने तयारी गरेको थियो । नौ सदस्यीय समिति सदस्यहरुमा संघका पूर्वअध्यक्षहरु सदस्यको रुपमा रहने भनिएको छ । यहि समितिले संगठन जिताउन उपत्यकाका कलेजहरूमा केन्द्रीय सदस्यहरू खटाउने, त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेज, रत्नराज्य कलेज, शंकरदेव क्याम्पस, नेपाल कमर्स क्याम्पसलगायत अन्य कलेजहरूमा पार्टी केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीसहित खटाउने तयारी भइरहेको छ ।
सभापति देउवा नेविसंघको नेतृत्व चयनका लागि अपनाइएको विधिबाटै आलोचित हुँदै आएका छन् । प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व छनोट गर्ने लोकतान्त्रिक परम्परा कुल्चिएर टिके मनोनीत बाटो समाउँदा नेतृत्वलाई त आफ्नो मान्छो छनोट गर्न सजिलो भएको छ तर कांग्रेसको प्रमुख भ्रातृ संस्थामा विकृति चरम मौलाएको एक थरीको भनाइ छ । यहि विवादको प्रशंग उठाएर कांग्रेस दोलखाका सभापति बर्मा लामाले नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै सभापति शेरबहादुर देउवालाई पत्र नै लेखेका छन् ।
कांग्रेस दोलखाले नेविसंघजिल्ला अध्यक्षका लागि सहमतिमा सौगात थापाको नाम पठाइए पनि नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पाले दोलखामा कुनै साधारण सदस्यसमेत नरहेको व्यक्तिलाई जिल्ला सभापति तोकेको भन्दै सभापति लामाले राजीनामा माग गर्दै देउवालाई पत्र पठाएका हुन् । गत पुस १४ गते नेविसंघ केन्द्रीय समितिले कांग्रेस दोलखालाई पत्र पठाएर जिल्ला सभापतिको नाम पठाउन भनेको थियो । सभापति बर्माले जिल्ला कार्यसमितिले निर्णय गरेअनुसार नेविसंघ जिल्ला सभापति तोक्नसमेत माग गरेका छन् । नेविसंघ केन्द्रीय समितिबिहीन छ ।
कांग्रेसले नेविसंघमा अध्यक्ष शेर्पालाई नियुक्त गरे पनि उनको म्याद सकिन लागेको छ । नेविसंघ केन्द्रीय समितिले पूर्णता नपाइकन स्ववियु चुनाव आएको भन्दै जिल्ला अध्यक्षलगायत विभिन्न पदमा मनोनीत गर्न थालेपछि विवाद भइरहेको छ । संस्थापनइतर समूहले पनि नेविसंघको समानान्तर समिति बनाएर स्ववियु चुनावलगायत तयारी थालेपछि नेताहरुलाई समेत विवाद मिलाउन कठिन भइरहेको छ । आफु निकटका नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाल कुटिएपछि कांग्रेसका नेता शेखर कोइरालाले आन्तरिक विवाद मिलाउन सभापतिलाई दवाव दिएका थिए । संस्थापन पक्षको कुटपिटबाट घाइते भएका रिमाललाई नेता कोइरालाले स्टार अस्पताल पुगेर स्वास्थ अवस्थाको जानकारी लिएपछि देउवालाई विावद मिलउन नेता तोक्नुपर्ने बताएका थिए ।
नेविसंघको विवाद आन्तरिक देखि त्रिविसम्म नै मिलाउनपर्छ । किने भने दुई समूह दर्ता भएका छन् । स्ववियु चुनावका लागि त्रिविले शुक्रबार १० ददेखि ३ बजेसम्म विद्यार्थी संगठन दर्ता गर्ने समय तोकेको थियो । त्रिभुवन विश्वविद्यालयले लामो समयपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेपछि नविसंघले पनि तयारी थालेको थियो । नेविसंघले स्ववियु निर्वाचन घोषणाको स्वागत गर्दै निर्वाचनका लागि संगठनको धारणाहरू सार्वजानिक गर्न, वर्तमान समयमा सुहाउँदो एजेन्डाहरू प्रस्तुत गरी चुनावमा सहभागी हुन केन्द्रीय घोषणापत्र तयारी समिति गठन गरेको थियो । त्यो समिति बनाउन इतर समूहका नेतासँग छलफल नगरेपछि विाददले उग्ररुप लिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार