निर्णायक तहमा महिलालाई समान अवसर दिनुपर्ने सरोकारवालाको माग
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार २१:५५:११
२४ फागुन, काठमाडौं । निर्णायक तहमा महिलालाई पनि समान अवसर र सहभागिता गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
एक सय १३औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले आज जोरपाटीमा आयोजना गरेको ‘राष्ट्रको शान : महिला अधिकारको सम्मान’ विषयक विचार गोष्ठीका वक्ताले कानुनमा गरिएका समान अवसर र सहभागिताका व्यवस्था कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा सांसदद्वय सन्तोष चालिसे र शान्ति श्रेष्ठ, अख्तियार दुरुपोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा अमात्य श्रेष्ठलगायतले महिला अधिकारका लागि समान अवसर र सहभागिता आधारभूत मान्यता भएकाले सोको कार्यान्वयन हुनुपर्ने बताए । समाजमा भ्रष्टाचारमुक्त आचरणको विकासका लागि महिलाको भूमिका महत्वपूर्ण हुने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर उपप्रमुख शान्ति नेपाल, शान्ति समाजका पूर्वसभापति होमकान्त चौलागाईं, आचार्य महेन्द्र भट्टराईलगायतले महिलालाई समान अधिकारका लागि घर–घरबाट अभियान सुरु गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा शान्ति समाज काठमाडौंका सभापति भगवान पुडासैनी र सचिव प्रमोद फुँयालले जिल्ला शाखाले सबैको अधिकार सुनिश्चितताका लागि आवाज उठाउने गरेको जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार