थकाइ मार्ने चौतारो निर्माणमा जुटे दिदीबहिनी
नेपालबहस संवाददाता
फागुन २५, २०७९ बिहिबार १८:५१:१५
२५ फागुन, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादीमा रहेको मिलीजुली दिदीबहिनी समूहको सक्रियतामा व्यवस्थित चौतारो निर्माण गर्न लागिएको छ । गाउँघरतीर मेलापात, घाँस, दाउरा, गोठालो गर्दा थकाइ मार्ने र गर्मी समयमा शीतलता लिने चौतारा पछिल्लो समय नासिँदै जान थालेपछि संरक्षण गर्न जुटेका हुन् ।
विकास निर्माणका क्रममा बाटो र सडक छेउमा रहेका चौतारा ढालिने हुँदा यस्ता सम्पदाको अस्तित्व सङ्कटमा पर्दै गएकाले संरक्षणमा जुटेको समूहकी अध्यक्ष हिमा पौडेल खनालले जानकारी दिए ।
नारी दिवसको अवसर पारेर बुधबार ज्येष्ठ नागरिक देवीलाल खनालले चौतारो निर्माणको शिलान्यास गर्नुभयो । पुख्र्यांैली सम्पदाका रुपमा रहेको पाटी, पौवा, कुवा र चौतारोलगायतका उचित संरक्षणको अभावमा हराउँदै जान थालेकाले यसको संरक्षण गर्न कस्सिएको पौडेलको भनाइ छ ।
भावि पुस्तालाई पाटी, पौवा, कुवा र चौतारालगायतका विषयमा चिनाउन र जानकारी गराउन पनि कठिनाइ हुने खतरा देखिएको समूहका दिदीबहिनी एकजुट भएर अघि बढेको उनले स्पष्ट पारे । “म्याग्दे गाउँपालिकाबाट रु दुई लाख ६५ हजार र दिदीबहिनी समूहबाट रु एक लाख ७७ हजार गरी कूल रु चार लाख ४२ हजारको लागतमा निर्माण गर्न लागेको हौँ”, पौडेलले भने । चौतारा संरक्षण, रेखदेख तथा सरसफाइ आलोपालो गर्ने सहमति भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै
मंसिर २७, २०८१ बिहिबार