दलितमुक्ति सङ्गठनको राष्ट्रिय सम्मेलन जेठमा हुने
नेपालबहस संवाददाता
फागुन २५, २०७९ बिहिबार १९:९:५६
२५ फागुन, काठमाडौं । नेकपा ‘एकीकृत समाजवादी’ निकट नेपाल दलितमुक्ति सङ्गठनको छैठौँं राष्ट्रिय सम्मेलन आगामी जेठ २१ र २२ गते काठमाडौंमा हुने भएको छ ।
सङ्गठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कमिटीको पाँचौंँ पूर्ण बैठकले छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसर पारेर २०८० साल जेठ २१ र २२ गते छैठौंँ राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।
‘दलित आन्दोलनको पुनर्गठन र रूपान्तरणका लागि राष्ट्रव्यापी अभियान स् दक्षिणपंथी अवसरवाद र सबैखाले विभेद्काविरुद्ध छैठौँ राष्ट्रिय सम्मेलन’ भन्ने मूलनाराका साथका हुने सम्मेलनमा देशभरबाट झण्डै एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने प्रचार विभाग प्रमुख गोपाल बराइलीले जानकारी दिए ।
बैठकले आगामी जेठ २१ गतेसम्म तीन महिने ‘सङ्गठन निर्माण तथा परिचालन अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । यही फागुन ३० गतेसम्म जिल्ला र प्रदेश कमिटीका बैठक बस्ने, चैत ७ गतेसम्म स्थानीय कमिटीको सम्मेलन गर्ने, चैत मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गर्ने, २०८० साल वैशाख मसान्तसम्म सङ्गठनको आगामी समाजवादी यात्रा विषयक परामर्श कार्यक्रम सञ्चालन गर्ने, वैशाख १५ गतेसम्म प्रदेश सम्मेलन गर्ने र जेठ २१ र २२ गते छैठौँ राष्ट्रिय सम्मेलन निर्णय गरेको हो ।
सङ्गठनले छैठौँं राष्ट्रिय सम्मेलन सम्पन्न गर्न विभिन्न उपसमिति गठन बनाएको छ । जसमा सङ्गठनका अध्यक्ष गणेश विश्वकर्मा संयोजक रहेको ३३ सदस्य मूलव्यवस्थापन तथा परिचालन समिति गठन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार