भ्रष्टाचार मुद्दामा सांसद गुरुङ दोषी ठहर, १ करोड २१ लाख जरिवाना फैसला
नेपालबहस संवाददाता
फागुन २५, २०७९ शुक्रबार ०:७:५७
२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई विहीबार विशेष अदालतले दोषी ठहर गर्दै जरिवाना समेत तोकेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले सजाय निर्धारण गर्दै विशेष अदालतले गुरुङलाई एक करोड २१ लाख ८४ हजार रूपैयाँ जरिवाना सुनाएको हाे । पर्यटनमन्त्री हुँदा भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गर्न मतियारको भूमिका निर्वाह गरेको विशेष अदालतले ठहर छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते १४ जना जनाविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा गुरुङसहित ९ जनालाई अदालतले दोषी ठहर गरेको छ ।
भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार रुपैयाँ भाडामा १० वर्षका लागि फनपार्कलाई दिने निर्णयमा गुरुङको संलग्नता पुष्टि भएपछि जरिवाना सजाय तोकिएको हो । मनाङबाट निर्वाचित सांसद गुरुङ यही मुद्दाका कारण निलम्बित अवस्थामा छन् । सोही कारण आज भएको राष्ट्रपति निर्वाचनमा सहभागी हुन पाएनन् ।
दाेषी ठहर भएका गुरुङ कुनैबेला म्यानपावर कम्पनी खोलेर वैदेशिक राजगारमा नेपाली कामदारलाई पठाउने काममा समेत सक्रिय थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएको कंगनाले गरिन् खुलासा
माघ ९, २०८१ बुधबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार