एआईजी बढुवा गर्न निर्वाचन आयोगको सहमति
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार १८:२४:२
२६ फागुन, काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्न निर्वाचन आयोगले अनुमति दिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आचारसंहिता लागू रहेको अवस्थाका कारण गृह मन्त्रालयले आयोगसँग अनुमतिका लागि पत्राचार गरेको थियो । सो अनुसार बिहीबार मात्र आयोगबाट बढुवा सिफारिस गर्न अनुमति प्राप्त भएको गृह मन्त्रालय स्रोतले जनायो ।
प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त छ । बढुवाको काम रोकिँदा डीआईजीबाट सिधै आईजीमा बढुवा गर्नुपर्ने अवस्था उत्पन्न हुने संभावना बढेको थियो । तर सहमतिपछि यो संभावना हटेको छ ।
उमेर हदका कारण आईजी धीरजप्रताव सिंह आउँदो चैत ११ मा नियमित अवकाशमा जाँदैछन् । उनले संभावित परिस्थितिलाई ध्यान दिँदै अवकाशको अवधि बढाउन चलखेल जारी राखेका छन् । आईजी सिंहसँगै उनका ब्याचमेटहरु २०७९ चैत ११ मा अवकाशमा जाँदैछन् ।
आयोगको सहमतिसँगै गृह मन्त्रालयले रिक्त पदमा बढुवाको तयारी थालेको स्रोतले बतायो । एआईजी बढुवा लाइनमा डीआईजीहरु बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य बढुवा प्रतिस्पर्धामा अगाडि छन् ।
डीआईजीको मेरिट लिस्टमा बसन्तबहादुर कुँवर एक नम्बरमा छन् । दुई नम्बरमा टेकप्रसाद राई, तेस्रो नम्बरमा दीपक थापा छन् । यसअघि मेरिट लिस्टको तेस्रो नम्बरका डीआईजी अशोक सिंहले जन्ममिति विवादका कारण राजीनामा दिइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमंसिरदेखि सम्पर्कविहीन १५ प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
माघ १०, २०८१ बिहिबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएको कंगनाले गरिन् खुलासा
माघ ९, २०८१ बुधबार
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
माघ १०, २०८१ बिहिबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार