प्रहरीका ५ जना डीआईजी एआईजीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार २०:१५:२०
२६ फागुन, काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले पाँच जना डीआईजीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेका हुन् । गृहसचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा बसेको बैठकले सो सिफारिस गरेको हो ।
एआईजीमा बढुवा हुने डीआईजीहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् । नेपाल प्रहरीमा लामो समयदेखि पाँच जना डीआईजीको पद रिक्त थियो ।
बढुवा सिफारिस समितिका सदस्य सचिव समेत रहेका आईजीपी सिंहद्वारा शुक्रबार जारी सूचनामा प्रहरी नियमावली (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरी सम्बन्धित सबैका लागि जानकारी दिएको जनाएका छन् । सेवा अवधिका कारण आईजीपी सिंहले आउँदो चैत ११ गते अवकाश लिँदैछन् ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण आचारसंहिता लागू रहेको अवस्थाबीच निर्वाचन आयोगको सहमतिमा बढुवा गरिएको हो । आचारसंहित आउँदो चैत ३ गतेसम्म जारी रहने आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार