आजदेखि आँबुखैरेनीमा आलु मेला सुरु
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार २०:२८:४५
२६ फागुन, तनहुँ । आँबुखैरेनी गाउँपालिकाको आयोजनामा ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ आजदेखि सुरु भएको छ । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्रीवितरण गर्ने लक्ष्यका साथ आलु मेलाको आयोजना गरिएको हो । आँबुखैरेनी गाउँपालिका–३ हाटबजारस्थित अमिलीबोटेमा आयोजित मेला फागुन २६ र २७ गते सञ्चालन हुने व्यवस्थापन समितिका संयोजक सन्तोष केसीले जानकारी दिए ।
गाउँपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको हाटबजारमा छिम्केश्वरीको मह र खस्राराङबेंसीको एभोकाडोका बिरुवा अत्यधिक बिक्री भएको उनले बताए । स्थानीयस्तरमा उत्पादित कृषि, पशु तथा बाँसजन्य वस्तु हाटबजारमा बिक्री गर्न पाउँदा कृषक खुसी भएको उनको भनाइ छ ।
आँबुखैरेनी गाउँपालिका–१ र २ वडामा पर्ने सत्र सय र बरादीलाई तरकारी पकेट क्षेत्रका रुपमा लिइएको छ । उक्त दुई वडामा उत्पादन गरिएका आलु ग्रेडिङ र सालाखाला गरी बिक्री गरिनेछ । मेलामा आलुबाट बनेका परिकार आलु पकौडा, आलु चप, चटपटलगायतका विभिन्न परिकार राखिनेछ ।
कृषकलाई निःशुल्करुपमा स्टल उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका मातहतमा छ वटै वडा, टोल विकास संस्था, आमा समूह, सहकारी संस्था, शिक्षक, कलाकार, क्लब, नागरिक समाजलगायतका विभिन्न सङ्घसंस्थालाई पत्रचार गरिएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
अभिनेत्री ममता कुलकर्णी बनिन महामण्डेलश्वर
माघ १२, २०८१ शनिबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार