गठबन्धनबाटै उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी, भोलीसम्ममा सहमति जुटाइने
नेपालबहस संवाददाता
फागुन २७, २०७९ शनिबार २१:२२:१७
२७ फागुन, काठमाडौं । राष्ट्रपतिमा मतदान गरेका १० राजनीतिक दलबीच सहमति जुट्न नसक्दा उपराष्ट्रपति पदमा गठबन्धनकै तीन जनाको उम्मेदवारी परेको छ । शनिवार विहान बसेको गठबन्धनको बैठकमा निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार बन्न विवादास्पद भनाइ राखेपछि पुरुष वा महिला भन्नेमा नै दलहरु अलमलमा परेको थिए । संविधानमा राष्ट्रपतिभन्दा फरक लिङ्ग वा समूहको हुनुपर्ने भनेपनि निर्वाचन आयोगले महिलालाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने अडान राखेको छ ।
शनिवारको बैठकमा सहमति नभएपछि थप छलफल गरेर सहमति गर्ने भन्दै जनमत पार्टीबाट एक जना र जसपाबाट महिला र पुरुष दुबले उम्मेदवारी दिने भन्दै बैठक सकिएको थियो । बैठकपछि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवको उम्मेदवारी दर्ता भएको छ ।
प्रमिलाकुमारी यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् । त्यस्तै रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी रहेका छन् । उनको समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।
यस्तै गठबन्धनबाट नै जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । गठबन्धनबाट उनले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेकी छिन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् ।
नेकपा एमालेबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् । उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् । निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ । शनिबार बिहान ९ बजेदेखि २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
गठबन्धनकातर्फबाट तीन जनाको उम्मेदवारी परेपनि यसमा सहमति गरेर आइतबारसम्ममा एक नाम छनोट गर्ने बताइएको छ । विहानको बैठकमा सझा उम्मेदवारमा सहमति नभएपछि जनमत पार्टीले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिएको छ । जनमत र जसपाबीच सहमति गराउन गठबन्धनका शीर्ष नेताहरुले प्रयास गर्ने भएका छन् । शीर्ष तहमा पनि सहमति नभए जसपासँग मित्रवत प्रतिस्पर्धा गर्ने जनमत पार्टीले जनाएको छ । जसपाको कार्यकारिणी बैठकले महिला वा पुरुष उम्मेदवारबारे पनि अन्तिम निर्णय लिन बाँकी रहेको छ ।
यता, उम्मेदवारी र्दापछि जनमत पार्टीका अध्यक्ष सीके राउतले उपराष्ट्रपति पदमा पार्टीको उम्मेदवारी फिर्ता नहुने बताएका छन् । उनले सत्ता गठबन्धनमा आफूहरूले उपराष्ट्रपति पदमा दाबी गरेको, र जनमत पार्टीको उम्मेदवार नै गठबन्धनको आधिकारिक उम्मेदवार हुने गरी छलफल अगाडी बढ्ने बताएका छन् । उनले अझै पनि गठबन्धनबाट जनमत पार्टीकै उम्मेदवारलाई आधिकारिक बनाउन प्रयास गर्ने बताए । जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार