आज दिउँसो पहाडी भु–भागमा आंशिक बदली हुने
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १३:३६:२१
२८ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार प्रि–मनसु गतिविधि सक्रिय रहेकाले पछिल्ला दिनमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । “प्रि–मनसुन भनेको मनसुनअघिको समय हो, यो भित्रको गतिविधि भनेको स्थानीय वायुहरू सक्रिय रहने तथा पश्चिमी वायुको प्रभाव देखिनुका साथै दिनभर घाम लागेर बेलुकीपख मेघगर्जन, चट्याङसहित हल्का वर्षा गराउँछ, त्यसैलाई मौसमी भाषामा प्रि–मनसुन गतिविधि भनिन्छ”, वरिष्ठ मौसमविद् पौडेलले भने।
बिहान र दिउँसो मौसम राम्रो रहे पनि साँझपख देशका पहाडी भू–भागमा छिटफुटदेखि हल्का वर्षाको सम्भाना रहेको उनले उल्लेख गरे । प्रि–मनसुन मार्च, अप्रिल र मे महिनालाई मानिन्छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका रविसहित ७ आरोपीलाई अदालत लगियो
पुष २५, २०८१ बिहिबार
आर्थिक कुटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
आन्ध्र प्रदेश स्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार