ढुक्क भएर इमान्दारपूर्वक काम गर्नुुस, सरकारले बाँकी भुक्तानी दिन्छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २१:४०:५६
२८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण व्यवसायीलाई सरकारले भुक्तानी दिनुपर्ने रकम दिने तयारी गरिहेको भन्दै ढुक्क भएर इमान्दारपूर्वक काममा लाग्न र विकासका आयोजनालाई समयभित्रै सम्पन्न गराउन आग्रह गरेका छन् । उनले अहिले बजारमा हल्ला गरिए जस्तो अवस्थामा नेपालको अर्थतन्त्र नरहेको दावी गर्दै अर्थतन्त्रका विषयमा चिन्ता लिनुपर्ने तर, आत्तिनुपर्ने अवस्था नरहेको दावी पनि गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभामा प्रधानमन्त्री प्रचण्डले हाल देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेकाले अर्थतन्त्र सुधारतर्फ रहेको दाबी गरे । उनले गत वर्षको तुलनामा आर्थिक अवस्था मजबुत रहेको बताए । प्रचण्डले सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको भन्दै निर्माण व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो कि, त्यसले सिंगो देशको स्वाधीनता र अस्तित्व संकटमा पर्ने हो कि भन्नेजस्तो परिस्थिति विद्यमान थियो । तर बाहृय क्षेत्र सन्तुलनमा राख्न तात्कालीन अवस्थामा सरकारले लिएका नीतिका कारण त्यस्तो संकटको सम्भावना टरेको छ । यसले पनि अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको प्रस्ट पार्ने देखिएको छ । पुँजीगत खर्च बढाउन सरकारले गर्नुपर्ने काम गर्छ । तपाइहरु पनि आफ्नो तर्फबाट ढुक्क भएर काममा लाग्नुस ।’
उनले सरकारले अब आर्थिक गतिविधिलाई चलायमान बनाउन विभिन्न नीतिहरु अवलम्बन गरेर भएपनि अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउनेतर्फ नै सरकारको ध्यान केन्द्रित भइरहेको बताए । अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता रहेको प्रचण्डको भनाइ छ । उनले सबैभन्दा धेरै पुँजीगत बजेट गएको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने रणनीत अख्तियार गरेर चाँडै योजना सम्पन्न गराउनेतर्फ सरकारको ध्यान केन्द्रित हुने पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले ब्याजदरलाई एकल बिन्दुमै सीमित राख्नका लागि आफूले राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिइसकेको बताए । नेपाल बैंकर्स संघले पनि हाललाई ब्याजदर नबढाउने निर्णय गरिसकेको हुनाले व्यवसायीहरूका निम्ति सहज वातावरण बन्दै गएको उनको भनाइ छ । हाल मुद्रास्फिति नियन्त्रणभित्रै रहेको र पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाहृय बजारको मूल्यमा निर्भर रहने भएकाले उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारको तर्फबाट घाटा सहेर भएपनि मूल्य नियन्त्रणमा राख्न प्रयास गरिरहेको उनले बताए ।
कोभिड महामारी, बाहृय युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारणले केही निर्माण सामग्रीको मूल्य बढ्दा निर्माण क्षेत्रको लागतसमेत बढ्न गएको प्रचण्डको भनाइ छ । उनले केहि दिनमा नै सरकारले पूर्णता पाउने र देशमा देखिएको अस्थिर राजनीतिक वतावरणमा सुधार आएर राज्यले एक खालको नीति अंगिकार गरी अगाडी जान सबैको सहयोग र समर्थनको अपेक्षा गरेको बताए । निजि क्षेत्र र बैंकबीच भइरहेको विवाद अन्त्यका लागि सरकारले ठोस कदम चालेर समस्या समाधानका उपायको खोजि गरिरहेको प्रचण्डको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार