किसान सूर्यमुखी खेतीप्रति आकर्षित
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २२:४९:५१
२८ फागुन, घोराही । दाङमा सामुहिक लगानीमा गरिएको सूर्यमुखि फूलको खेती फस्टाउँदै गरेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१४ पन्ननपुरमा स्थानीय तीर्थराज केसीसहित पाँच जनाको सामूहिक लगानीमा थालिएको व्यावसायिक सूर्यमुखी फूलको खेती फस्टाउँदै गएको हो ।
कृषि पेसामा केही नयाँ गर्ने सोचका साथ यो व्यवसाय सुरु गरिएको केसीले बताए । “अहिले स्थानीय तथा अन्य वडाका नागरिक फूलको सौन्दर्य हेर्न, फोटो खिच्न र टिकटक बनाउन आउने गरेका छन् । यहाँ अवलोकनका लागि आउनेलाई निःशुल्क प्रवेश दिएका छौँ”, उनले भने ।
तोरी खेती गर्दा बढी मेहनत लाग्ने तथा फूल फूल्ने समयमा तुसारो लागेर फल नलाग्ने भएकाले यहाँका किसान सूर्यमुखीको खेतीप्रति आकर्षित हुन थालेका केसीको भनाइ छ । “यो पहिलो पटकको प्रयास भएकाले विस्तारै खेतीका लागि क्षेत्रफल बढाउने योजना छ”, उनले भने ।
परीक्षणका रुपमा लगाइएको सूर्यमुखी फूल पहिलो वर्ष चार बिघामा लगाएको छ । लगानी र मेहनत कम लाग्ने र आम्दानी पर्याप्त गर्न सकिने भएकाले सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु गरिएको केसीले बताए ।
यसभित्र तोरी पनि लगाउन मिल्ने भएकाले तोरीसमेत उत्पादन गरिरहेको उनले बताए । केसीसहित यस व्यवसायमा मुमानसिङ खड्का, नारद पोख्रेल, हिमाल खड्का र पदम रिजाल छन ।
पाँच महिनाअघि रू पाँच हजार लगानी गरी व्यवसाय सुरु गरिएको हो । सूर्यमुखी फूल खेतीभित्र अन्य बाली लगाउन सकिने, कम लगानी र मेहनतमा व्यावसायिक उत्पादन गर्न सकिने कृषि प्राविधिक बताउँछन् ।
बीउबाट तेल उत्पादन गरी पर्याप्त आम्दानी गर्नुका साथै यसको डाँठलाई दाउराका रुपमा प्रयोग पनि गर्न सकिन्छ । सूर्यमुखी फूललाई बाह्रै महिना फुलाउन सकिने भएकाले यसबाट उत्पादन बढाउन सकिने विज्ञको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार