मौरीपालनबाट मनग्य आम्दानी
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २३:०:३१
२८ फागुन, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँका ३२ वर्षीय सुरज वाग्लेलाई कहिल्यै विदेश जान मन लागेन । विदेशमा गर्ने दुःख स्वदेशमै गरे पर्याप्त आम्दानी हुने र सन्तुष्टि मिल्नेमा उनी विश्वस्त छन ।
त्यसैले विदेश जानुको साटो वाग्लेले तीन वर्षअघि मौरीपालन व्यवसाय थालेका हुन् । मौरीपालनबाट उनले मनग्य आम्दानी गर्दै आएका छन । “विदेशमा गर्ने दुःख स्वदेशमा नै गर्दा आत्मसन्तुष्टिसँगै आम्दानी पनि मिल्छ”, उनले भने, “मलाई विदेश जाने सोच कहिल्यै आएन, स्वदेशमै केही उद्यम गरौँ भन्ने पहिल्यैदेखि लागिरहन्थ्यो ।”
वाग्लेले गत वर्ष मह बिक्री गरेर रू छ लाख आम्दानी गरे । यस वर्ष मंसिरमा मात्रै रू तीन लाखको मह बिक्री भएको उनले बताए । फूलको रसबाट बनेको मह प्रतिकिलो रू दुई हजार र कटुसको कात्तिके मह प्रतिकिलो रू दुई हजार पाँच सयमा बिक्री हुँदै आएको छ । मह बिक्रीका लागि बजारको समस्या छैन । “मह किन्न घरमै आउँछन”, वाग्लेले भने
वाग्लेले हाल ८० घारमा मौरीपालन गर्दै आएका छन । जेठ र मंसिर मह बिक्री हुने समय हो । मौरीका लागि वनजङ्गलमा पर्याप्त फूल रहेकाले व्यक्तिगत फूल लगाउन नपरेको नी बताउछन । “मौरीलाई चरनको समस्या छैन”, वाग्लेले भने । उनले महका साथै मौरीसहितको घार पनि बिक्री गर्दै आएका छन । केही दिनमा एक सय ५० मौरीसहितको घार बिक्री गर्ने तयारीमा वाग्ले छन । “प्रतिघार रू १० हजारमा बिक्री हुन्छ”, उनले भने । कृषि ज्ञानकेन्द्रले मौरीसहितको घार खरिद गर्न लागेको हो ।
कृषि ज्ञानकेन्द्रले पाँच सय मौरीसहितको घार माग गरेको वाग्लेको भनाइ छ । फागुनदेखि वैशाखसम्म माउ मौरी बिक्री गरिन्छ । वाग्लेले मौरीपालनका साथै बाख्रापालन पनि गरेका छन । उनको बाख्राफार्ममा हाल २४ बाख्रा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार