इरानी विद्यालय विष प्रकरणः शत्रु समूहका एक सयभन्दा बढी पक्राउ
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २३:१:४६
२८ फागुन, एजेन्सी । इरानी विद्यालयका हजारौँ छात्रालाई रहस्यमय ढङ्गले विषको माध्यमबाट आक्रमण गरेको अभियोगमा एक सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।
गत नोभेम्बरको अन्त्यदेखि सतहमा आएको विष प्रकरण इरानमा गम्भीर बन्दै गएको छ । विद्यालय परिसरमा विषाक्त गन्ध फैलाएर छात्रालाई आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । धेरै छात्रा बेहोस हुने, वाकवाकी लाग्ने, सास फेर्न कठिन हुने समस्याबाट पीडित भएका थिए । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।
देशका दुई सयभन्दा बढी विद्यालय परिषरमा विषाक्त गन्ध फैलाएर ‘शत्रु समूह’ ले आक्रमण गरेका जनाउँदै गृह मन्त्रालयले अपराधीहरूलाई कानुनको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । यो घटनाबाट विद्यार्थी र अभिभावक क्रुद्ध एवम् भयभीत छन् ।
इरानी जनतामा त्रास सृजना गर्ने तथा विद्यालय बन्द गराउने उद्देश्यका साथ विषाक्त आक्रमण गरिएको गृह मन्त्रालयले बताएको छ । गत साताको मध्यदेखि विषाक्त आक्रमणका घटना नभएका, छात्राहरू बिरामी परेका खबर पनि प्राप्त नभएका उक्त मन्त्रालयको कथन छ ।
अल्वानियामा रहेको इरानको विपक्षी आतङ्कवादी सङ्गठनले उक्त आक्रमण गराएको ठानिएको छ । पक्राउ परेकाहरूसँग सोधपुछ र अनुुसन्धान जारी रहेकाले आतङ्कवादी सङ्गठनसँगको उनीहरूको संलग्नता पुष्टि भइनसकेको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
इरानका ३१ प्रान्तमध्ये २५ वटा प्रान्तका करिब दुई सय ३० विद्यालयका पाँच हजारभन्दा बढी विद्यार्थी विषाक्त आक्रमणको शिकार भएका पछिल्लो सरकारी तथ्याङ्कमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार